विश्व अर्थतन्त्र ६० वर्षकै खराब अवस्थामा, लाखौं मानिस अति गरिब हुँदै
काठमाडौँ, जेठ २८
कोरोना भाइरस (कोभिड–१९) विश्व अर्थतन्त्रका लागि विश्वयुद्धभन्दा खतरनाक देखिएको छ । विश्व बैंकका अनुसार कोरोनाको कारण विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुग्नेछ । कोरोनाका कारण सन् २०२१ को अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले नकारात्मक हुने विश्व बैंकको प्रक्षेपण छ । कोरोनाको कारण आन्तरिक वस्तुको माग र आपूर्ति, व्यापार तथा वित्त क्षेत्रमा नकारात्मक असर परेकाले विकसित बजार तथा विकासोन्मुख अर्थतन्त्र २ दशमलव ५ प्रतिशतले घट्ने पनि अनुमान गरिएको छ । कोरोनाको कारण प्रतिव्यक्ति आय ३ दशमलव ६ प्रतिशतले घट्न गई लाखौं मानिस अति गरिबीमा जाने विश्व बैंकको अनुमान छ । विश्व बैंकका अनुसार प्रतिव्यक्ति आय सन् १८७० यताकै सबैभन्दा कम हुनेछ ।
यस्तै, सबैतिर देखिएको मन्दीको कारण समग्रमा विश्वको अर्थतन्त्र ६० वर्षयताकै सबैभन्दा बढी संकुचित हुने पनि विश्व बैंकको प्रक्षेपण छ । एड्भान्स इकोनोमी भएका देशको अर्थतन्त्र भने सन् २०२० मा सात प्रतिशतले घट्ने देखिएको विश्व बैंकको दाबी छ । कोरोनाको कारण विश्व व्यापार, पर्यटन, वस्तु निर्यात तथा बाह्य वित्तमा ठूलो असर देखिएको छ । यो असर अझै लामो समयसम्म जाने देखिएको छ । कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन । त्यही भएर कोरोनाले विश्व अर्थतन्त्रलाई अझै असर गर्ने देखिएको हो ।
विश्वमा आर्थिक गतिविधि सुरु भए पनि जुनसुकै बेला महामारीको रुप लिने देखिएको छ । थप महामारीको रुप लिएमा अर्थतन्त्र अझै कमजोर र दयनीय देखिएको छ । विश्व बैंकका अनुसार महामारीको ठूलो असर गरेका देशहरुमा सबैभन्दा बढी अर्थतन्त्रमा प्रभाव पार्नेछ । कोरोनाको कारण अर्थतन्त्रको क्षेत्रीय स्तरमा समेत असर गरिरहेको छ । विश्व बैंकका अनुसार कोरोनाको कारण विश्वभर विद्यालय, आभारभूत स्वास्थ्य सेवामा मानिसहरुको पहुँच कम हुने र यसले मानव पुँजी विकासमा थप संकुचन ल्याउने छ । विश्व बैंकले सन् २०२० को ग्लोबल इकोनोमिक प्रोस्पेक्टस सार्वजनिक गर्दै विश्व अर्थतन्त्र भयावह हुने प्रक्षेपण गरेको हो ।
विश्व बैंकले अहिलेसम्मको घटनालाई हेरेर यस्तो प्रक्षेपण गरे पनि महामारी अझ लामो समयसम्म जाने र यसले विश्वमा ठूला परिवर्तन आउने देखिन्छ । विश्व बैंकले सन् २०२१ मा विश्वको अर्थतन्त्र रिबाउन्ड भई चार दशमलव दुई प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ भने विकसित देशको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले रिबाउन्ड हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकले लकडाउनले आर्थिक अवस्थालाई थप खराब बनाउने भन्दै आठ प्रतिशतसम्म पनि अर्थतन्त्र नकारात्मक हुने बताएको छ । यदि विश्वले सामाजिक दूरी कायम गरेर व्यवसाय सञ्चालन गरेमा भने अर्थतन्त्र सकारात्मक हुनेछ ।
विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर भने सन् २०२० मा एक दशमलव आठ प्रतिशतमा सीमित हुने र सन् २०२१ मा दुई दशमलव एक प्रतिशत मात्रै वृद्धिदर कायम हुने प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ मा दुई दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । कोरोनाको नियन्त्रणको संकेत नदेखिए पनि आगामी आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य नेपाल सरकारले राखेको छ । कोरोना नियन्त्रणमा नआएमा उक्त लक्ष्य भेट्न सक्नेछैन ।
कोरोनाको कारण नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो असर पारेको भन्दै विश्व बैंकले नेपालको अर्थतन्त्र थप धराशायी हुने संकेत गरेको हो । नेपालमा एक तिहाइ पर्यटक चीन र भारतबाट मात्रै आउने गरेका छन् । महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडान तथा स्थल नाका बन्द गरेको कारण त्यसले पर्यटन उद्योगमा ठूलो असर पारेको छ । विश्व बैंकले दक्षिण एसियामा सबैभन्दा बढी भारतको अर्थतन्त्रको वृद्धिदर चार दशमलव दुई प्रतिशतमा सीमित हुने दाबी गरेको छ । सन् २०२१ मा यसको वृद्धिदर तीन दशमलव दुई प्रतिशत नकारात्मक हुने पनि विश्व बैंकको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया