Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमितको संख्या ४६ सय नाघ्यो

संक्रमितको संख्या ४६ सय नाघ्यो


काठमाडौँ, जेठ ३०
कोभिड–१९ को सङ्क्रमण बिहीबार थप २ सय ५० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार मात्रै २ सय ३० पुरुष र २० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताए । थप सङ्क्रमितसँगै अब नयाँ सङ्क्रमतिको सङ्ख्या चार हजार छ सय १४ पुगेको छ । जसमा पुरुषको सङ्ख्या चार हजार दुई सय ८५ छ भने महिलाको सङ्ख्या तीन सय २९ छ ।

सङ्क्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३ सय ७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६ सय ७१, वाग्मती प्रदेशका १२ जिल्लाका १ सय ४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १ सय ४७ जनामा कोरोना देखिएको छ । त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाका एक हजार ३ सय ९९, कर्णाली प्रदेशका नौ जिल्लाका ७ सय ५९ र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला गरी १ सय ९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । त्यसमध्ये आठ महिला र १ सय ८९ पुरुष छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

मृतकको संख्या १६ पुग्यो : मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा बिहीबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारका लागि बुटवल गएर फर्किँदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो ।

वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका उनको उपचार गरी फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाँटीको शल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्किँदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । भने कोरोनाबाट कुल मृतक संख्या १६ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x