वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
निगमले सञ्चालन गरेको उडान सुरक्षासम्बन्धी दुईदिने तालिमको आज समापन गर्दै मन्त्री तामाङले निगमको चुनौती र समस्यालाई समाधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए ।
पर्यटनमन्त्री तामाङले निगमको व्यावसायिक विकासका लागि सबै कर्मचारी एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
निगमले गर्दैआइरहेको ग्राउन्ड ह्यान्डलिङ सेवालाई निरन्तरता दिने बताउँदै उनले निगमले पनि आफ्नो कार्यक्षमता र गुणस्तरवृद्धि हुने गरी काम गर्न ध्यानाकर्षण गराए ।
निगमको कार्य र भावी योजनाबारे जानकारी गराउँदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्रालयसँगको प्रभावकारी समन्वय र सहयोगमा निगमको सेवालाई प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे ।
क्याटेगोरी : राजनिति, समाचार
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया