Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोमबार काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन

सोमबार काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन

चिकित्सा शिक्षा देखि पर्यावपरण सम्मको बहस एउटै मञ्चमा


काठमाडौं । बैशाख ३१ गते काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो सस्करण आयोजना हुने भएको छ । स्वस्थ नेपाल निर्माणको अग्रसरता सरकार, समुदायिक र निजी क्षेत्र सबैको सहभागिता भन्ने मुल नारा सहित स्वास्थ्य सम्मेलन हुन लागेको हो ।

सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालको साथमा कान्तिपुर मिडीया ग्रुप र नेपाल स्वास्थ्य पत्रकार मञ्चको सहकार्य र स्वास्थ्य तथा गैरस्वास्थ्य निकायहरुको सहजीकरणमा सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटनसत्र पछि सम्मेलनका अवसरमा अहिलेका मुख्य सरोकारका विभिन्न ६ वटा विषयहरुमा बृहत छलफल हुने आयोजकले जनाएको छ । छलफलका सत्रहरुमा पहिला मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र पर्यटनको अवसरका विषयमा छलफल गरिनेछ । यस सत्रमा विश्व समुदायले अनुशरण गरेको नेपालीको मौलिक जीवनशैलीलाई कसरी पुन अभ्यासमा ल्याउन सकिन्छ, परिर्वतित समय र व्यस्त जीवनशैलीले निम्त्याएको स्वास्थ्य जटिलता पुर्नमुल्यांकनको आवश्यकता र अन्तर्राष्ट्रिय पर्यटनको अवसर लगायतका विषयमा सरोकारवालापक्षहरुबीच छलफल हुनेछ ।

यसका साथै जलवायु परिवर्तनका कारण दबाबमा नेपालको जनस्वास्थ्यको विषयमा पनि समम्मेलनका क्रममा छलफल हुँदैछ । स्वास्थ्य बीमा कार्यक्रमः चुनौती र अवसर, नसर्ने रोगका जोखिम विरुद्ध हाम्रो रणनिती जस्ता विषयमा पनि बहस हुनेछ । सम्मेलनका अवसरमा बहसमा नेपालको चिकित्सा शिक्षाको विषयमा पनि बृहत छलफल हँदैछ । मैलिक हकमा समेटिएको स्वास्थ्य सेवामा बढ्दो व्यापारिकरणका विषयमा पनि सम्मेलनमा गहन छलफलको सत्र राखेको छ ।

साथै सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचान सहित परिपूर्तीको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने लक्ष्य लिएको छ । यसका लागि स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरू र आम नागरिकहरुबीच छलफलका लागि साझामञ्च प्रदान गर्नेछ ।

स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा रहने नेपाल स्वास्थ्य सम्मेलनले समाजका सबै क्षेत्रलाई एउटै मञ्चमा उभ्याउँदै स्वास्थ्य क्षेत्रका सबै आयामबारे स्वस्थ बहस अघि बढाउने बताएको छ । पृष्ठभूमि वा पेशा जस्तोसुकै भए पनि देशको स्वास्थ्य क्षेत्र सुधारका लागि प्रत्येक नेपालीको दायित्व र जिम्मेबारी अनुसार सम्मेलनमा स्वस्थ नेपालका लागि राष्ट्रिय आह्वानका रुपमा अगाडी बढ्ने विश्वास लिईएको छ । सम्मेलनबाट प्राप्त सुझावको प्रतिवदेन तयार गरी सरोकारवाला निकायहरुलाई पेश गरिनेछ । यसअघि कोभिड महामारिका बीच स्वास्थ्य सजगता अपनाउँदै त्रिकाल प्रोडक्सनले नेपाल स्वास्थ्य सम्मेलनको पहिलो २०७७ साल चैत्रमा काठमाडौंमा समपन्न भएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली


तपाईको प्रतिक्रिया