Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा पाँच जना निर्देशकको जिम्मेवारी परिवर्तन

राष्ट्र बैंकद्वारा पाँच जना निर्देशकको जिम्मेवारी परिवर्तन


काठमाडौं, जेठ ३२
नेपाल राष्ट्र बैंकले आफ्ना पाँच कार्यकारी निर्देशकको जिम्मेवारी परिवर्तन गरेको छ । राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक भुुक्तानी प्रणाली विभागमा सरुवा गरिएको छ । यसअघि कँडेल आन्तरिक लेखापरीक्षण विभागको प्रमुुख रहेका थिए । यसैगरी जनशक्ति विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई पनि राष्ट्र बैंकले वित्त कम्पनी सुपरिवेक्षण विभागमा सरुवा गरेको छ । रामु पौडेललाई पनि वित्त कम्पनी सुपरिवेक्षण विभागबाट जनशक्ति व्यवस्थापन विभागमा सरुवा गरिएको छ । रेवती नेपाललाई भने भुक्तानी प्रणाली विभागबाट मुद्रा व्यवस्थापन विभागमा सरुवा गरेको छ । विश्रुत थापालाई भने मुुद्रा व्यवस्थापन विभागबाट आन्तरिक लेखापरीक्षण विभागमा सरुवा गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

१८ अर्ब ३१ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा : नेपाल राष्ट्र बैंकको १८ अर्ब ३१ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको छ । राष्ट्र बैंकका अनुुसार उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ चैत मसान्तमा १८ अर्ब ३१ करोड रुपैयाँ पुुगेको हो । यसअन्तर्गत साधारण पुनर्कर्जा १५ अर्ब २१ करोड र निर्यात पुनर्कर्जा ७४ करोड ४४ लाख रुपैयाँ उपयोग भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ चैत मसान्तमा एक अर्ब ८९ करोड रहेको छ । यस्तो कर्जा १५ सय ९२ ऋणीले उपयोग गरेका छन् । राष्ट्र बैंकका अनुसार २०७६ चैत मसान्तसम्ममा कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २३ हजार चार सय नौ जना ऋणीको ५० अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत पाँच हजार दुुई सय ५० ऋणीको तीन अर्ब ४१ करोड रुपैंयाँ कर्जा बक्यौता रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x