‘नेपालको नोट नेपालभित्र चल्ने हो, संविधानअनुसार जारी हुन्छ’
काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिनुपर्ने अवस्था उत्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर समेत रहेका नेपालले राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारको पदबाट राजीनामा दिनुपर्ने अवस्था आउनुको प्रमुख कारण होे सरकारले एक सय रुपैयाँको नेपाली नोटमा चुच्चे नक्सा राख्न गरेको निर्णयपछि आएको उनको अभिव्यक्ति । जो उनले नित्तान्त आफ्नो व्यक्तिगत भएको र राष्ट्रपतिको गरिमासँग नजोड्न आग्रह गरेका थिए । यही वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णय गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि मुद्रा छपाइ गर्ने सर्वोच्च निकाय नेपाल राष्ट्र बैंकले सय रुपैयाँको नोटमा रहेको नेपालको पुरानो नक्सालाई हटाएर नेपालको चुच्चे नक्सा राख्नुपर्ने भएको छ ।
सरकारले चार वर्षअघि संविधानको अनुुसूची संशोधनमार्फत नेपाली नक्सामा समेटेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसहितको चुच्चे नक्सालाई एक सय रुपैयाँको नयाँ नोटमा समेट्ने निर्णय गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय सञ्चारमाध्यमहरूसँग कुरा गर्दै नेपालको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया दिएका थिए । भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेसमार्फत जयशंकरले भनेका थिए, ‘हाम्रो अडान एकदमै स्पष्ट छ, नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत छलफल भइरहेको छ । यही अवस्थामा नेपालले एक पक्षीयरूपमा निर्णय लिएको छ ।’ भारतीय विदेशमन्त्री जयशंकरको यो भनाइको सारतत्वलाई मात्र बुझ्ने हो भने पनि भारतीय पक्ष नेपालले जारी गरेको चुच्चे नक्साको विरोधमा रहेको र यसलाई स्वीकार नगर्ने पक्षमा रहेको प्रष्ट देखिन्छ । बलमिच्याइँ गरेर चुच्चे नक्सा समेतलाई स्वीकार नगरेको भारतले चुच्चे नक्सा समेटिएको एक सय रुपैयाँको नेपाली नोटलाई पनि स्वीकार नगर्ने भारतीय विदेशमन्त्री जयशंकरले पछिल्लो अभिव्यक्तिमार्फत जनाऊ दिइसकेका छन् ।
राष्ट्रपतिका प्रमुख आर्थिक सल्लाहकार एवं पूर्वगभर्नर नेपालले सञ्चारमाध्यमहरूलाई सरकारले सुझबुझविना निर्णय गरेको प्रतिक्रिया दिएका थिए । उनले यो निर्णयले ल्याउन सक्ने सम्भावित असरको बारेमा सचेत हुनुपर्ने भनेका छन् । ‘सीमा समस्यालाई छलफलको माध्यमद्वारा टुंगोमा पु¥याएर मात्र नक्सा जारी गर्ने काम गर्नुपथ्र्यो । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने काम गर्नुपथ्र्यो तर दुई देशबीचको सबै सीमा समस्या र विमतिहरूलाई थाँतीमा राखेर हचुवाको भरमा नोटमा नक्सा राखिनुले अर्थतन्त्रमा समेत यसको नकारात्मक असर देखिन सक्छ’, पूर्वगभर्नर नेपालले भनेका थिए । पूर्वगभर्नर समेत रहेका नेपालको यो भनाइ सायद निकै नै सुझबुझसहित आएको थियो । यस भनाइमा जनस्तरबाट व्यापक विरोध भएपछि उनले आफ्नो नित्तान्त व्यक्तिगत विचार भएकाले राष्ट्रपतिको कार्यालयको गरिमासँग नजोड्न आग्रह गरेका छन् ।
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने विषयमा पछिल्लो समय देखिएका घटनाक्रमहरूलाई थाँती राख्ने हो भने पनि पूर्वगभर्नर नेपालको भनाइमा निकै ठूलो तुक रहेको छ । सायद, उनले हचुवाका भरमा त्यतिकै आफ्नो भनाइ सार्वजनिक गरेका पक्कै होइनन् होला । सबैभन्दा नजिकको छिमेकी मुलुकको नाताले अहिले पनि नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग हुने गरेको छ । खुला सिमानाका कारण भारत नेपाल दुवैमा नेपाली र भारतीय रुपैयाँ समानान्तररूपमा चल्दै आएका छन् । नेपाल र भारतको बीचमा रोटीबेटीको सम्बन्ध रहेको बताउँदै आएको भारतले यदि चुच्चे नक्सासहितको एक सय रुपैयाँको नोट स्वीकार गरेन भने नेपाल र भारतको सीमा क्षेत्रका बजारमा सामान्य असर पर्न सक्तछ । तर, पनि समग्र अर्थतन्त्रमा असर पर्न सक्तैन । किनकि नेपालले औपचारिक रुपमा भारतीय रुपैयाँ अमेरिकी डलर तिरेरै खरिद गर्ने भने हो नेपालले पेट्रोलियम पदार्थलगायतका वस्तु पनि नेपाली रुपैयाँमा नभई डलरमै खरिद गर्ने हो । नेपालका कुनै पनि नोट भारतले अहिले पनि स्वीकार गरेको छैन । नेपाली तीर्थ यात्रामा भारत जाँदासमेत भारतीय रुपैयाँ नै साटेर लैजानुपर्ने बाध्यता छ । यदि भारतमा नेपाली रुपैयाँ चल्ने हो भने तीर्थयात्रामा जाँदा नेपालीले आईसी नै बोक्नुपर्ने थिएन । भारतका पाँच सय रुपैयाँ र सो भन्दा माथिका नोट नेपालमा चल्दैन । तर दुई देशबीचको सम्बन्ध चलिरहेकै छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट नेपालको नोट नेपालभित्र मात्र चल्ने बताउँछन् । सरकारले संविधानमा कालापानी, लिम्पियाधुरासहितका क्षेत्र समेटेपछि बनेको नेपालको राजनीतिक नक्सा चुच्चे नक्सा हो । ‘नेपाल राष्ट्र बैंक यही संविधानअन्तर्गतको संवैधानिक अंग हो । नयाँ संंविधान र नयाँ नक्सा जारी भएपछि हामीले एक सय रुपैयाँको नोटमा पुरानै नक्सा राखेर नोट जारी गरिराख्नु संवैधानिक व्यवस्था विपरीत हुन सक्छ । त्यही भएर हामीले संविधानको पालना गर्ने क्रममा नेपाल राष्ट्र बैंक ऐनअन्तर्गत रहेर एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्न सरकारसँग सिफारिस माग गरेका हौं,’ प्रवक्ता भट्टले भने ‘नेपाल राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकले कुनै पनि नोटको चित्र, आकार र दर परिवर्तन गर्नुपरेमा सरकारसँग अनुमति लिनुपर्छ । त्यही अनुमतिको लागि हामीले सरकारसँग सिफारिस माग गरेका थियौँ । मन्त्रिपरिषद्ले निर्णय गरेर चुच्चे नक्सासहितको एक सय रुपैयाँको नयाँ नोट जारी गर्न अनुमति दिएको हो ।’‘हामीले पुरानै चित्र, आकार र दरमा साविककै एक सय रुपैयाँको नोट छापिरहने हो भने, सरकारको अनुमति आवश्यक पर्दैन थियो । तर संविधानले नै चुच्चे नक्सालाई मुलुकको आधिकारिक नक्सा मानेर कार्यान्वनमा ल्याएपछि संविधानको उक्त व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्वयन गर्नैपर्छ’ प्रवक्ता भट्टले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्सको ओरिएन्टेसन सम्पन्न
- नेपाल बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच सम्झौता
- छिमेक लघुवित्तको नाफा २३ करोड ७४ लाख
- भन्सार महसुल परिमार्जनले मुलुकको औद्योगिकीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा
- सीएफमोटो ४५० एमटीको डेलिभरी र सेलिब्रेसन
- कृषिजन्य उद्योग व्यवसाय र चुनौतीहरू
- ‘सख्खरजस्तै गुलियो व्यापार’
- सधैँ घाटाको व्यापार गर्नुपर्ने नियति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया