Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको मौका पारी उद्योगीद्वारा तोरीको तेलमा मूल्यवृद्धि

लकडाउनको मौका पारी उद्योगीद्वारा तोरीको तेलमा मूल्यवृद्धि


विराटनगर, जेठ ३२
लकडाउन केही खुकुलो भएको मौका पारी सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले तोरीको तेलमा एक्कासी मूल्यवृद्धि गरेका छन् । मूल्यवृद्धिको मुख्य योजनाकारमा विराटनगरको चन्द्रशिव राइस मिलका सञ्चालक रहेको कुरा उद्योगी तथा व्यवसायीले नै बताएका छन् ।

मूल्यवृद्धिको षड्यन्त्रलाई प्रमाणित गर्नका लागि मिल्स सञ्चालकले अहिले झूटो प्रचारबाजी समेत गर्दै गरेको रहस्य औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले खोल्न थालेका छन् । चन्द्रशिव राइस मिलका सञ्चालकले लकडाउनका कारण भारतबाट आयत हुने तोरीदानामा १० रूपैयाँ प्रतिकेजीले मूल्य वृद्धि भएको बहाना बनाएर मूल्यवृद्धि गरेको उद्योगी तथा व्यवसायीले जानकारी दिएका छन् । तोरी पेलेर बाँकी रहने पिनाकोे मूल्य भने ५ रूपैयाँ प्रतिकेजीले घटेको छ । लकडाउनको मौक्का छोपी उद्योगीले प्रतिकार्टुन १८ सय १० को तोरी तेललाई १९ सय ४० मूल्य कायम गरेका छन् ।

एक महिनादेखि कृत्रिम अभाव देखाएर तेलको मूल्यवृद्धि गरिएको स्थानीयको आरोप छ । स्रोतका अनुसार अहिले भारतमा तोरीको दानाको मूल्य न त बढेको छ न त पिनाको मूल्य नै घटेको छ । तोरीको दाना र पिनामा घाटा देखाएर अहिले उद्योगीहरूले तोरीको प्रतिकार्टुन एक सय ३० रूपैयाँ वृद्धि गरेका हुन् । व्यवसायी स्रोतका अनुसार तोरीको दाना विदेशबाट आउने सामान हो, जो कोहीले यसको यकिन मूल्य पत्ता लगाउन सक्दैन केन्द्र सरकार आफैँले चनाखो हुन जरुरी छ । लकडाउनको अवधिमा भएको तोरीको तेलको कृृत्रिम मूल्यवृद्धिलाई वैधानिकत्ता दिनका लागि पछिल्लो समय तोरीको तेल उत्पादकहरूको समूह नै सक्रिय भएको जानकारहरूले बताएका छन् । उक्त समुहले अहिले देशभरिकै तेल उद्योगीहरूलाई तोरीको तेलमा मूल्यवृद्धि गर्न समेत प्रोत्साहित गरी रहेको कुरा स्रोतले दाबी समेत गरेका छन् ।

नेपालको पूर्व क्षेत्रमा घैला ब्राण्डको तोरी तेलको उत्पादन गर्दै आएको चन्द्रशिव राइस मिलले तेल उत्पादनको लागि २६ कनटेनर तोरीको दाना भारत हुँदै तेस्रो मुलुकबाट आयात गरिसकेको उद्योगीले बताएका छन् । हाल ती कनटेनरहरू नेपाल आउनका लागि भातरको कोलकात्ता बन्दरगाहमा रहेको कुरा उद्योगीहरूले नै जानकारी दिएका छन् । अब भारतबाट ती कन्टेनरहरू आउनासाथ आफूले एक महिनादेखि गरेको तोरी तेलको मूल्यवृद्धिले वैधानिकता पाउने योजनामा चन्द्रशिव राइस मिलका सञ्चालक रहेको दाबी पनि समाचारस्रोतले गरेका छन् । तेस्रो मुलुकबाट आयात हुने उक्त २६ कनटेनर तोरी कोलकत्ताबाट नेपाल आइपुगेपछि करिब डेढ करोड रूपैयाँ अतिरिक्त कमाउने योजनामा चन्द्रशिव राइस मिलका सञ्चालक एवं उद्योगी आफैँ लागेको कुरा समाचारस्रोतले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x