काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा महँगी साढे ४ प्रतिशतभन्दा बढीले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा गत वर्ष भन्दा ४.६१ प्रतिशतले महँगी बढेको हो ।
गत वर्ष चैत महिनामा अघिल्लो वर्ष भन्दा ७.७६ प्रतिशतले महँगी बढेको थियो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत महिनामा गत वर्ष भन्दा खाद्य तथा पेय पदार्थको मुल्य ५.२१ प्रतिशतले वृद्धी हुँदा गैर खाद्य तथा सेवा समुहको मुल्य ४.१४ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार समिक्षा अविधामा मरमसलाको मूल्य गत वर्षको तुलनामा २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशतले बढेको छ । यस्तै सोही अवधीमा ध्यू तथा तेलको मुल्य १०.१० प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २०८० चैत महिनामा काठमाडौं उपत्यकाको मुल्य ४.०६ प्रतिशत, तराईको ४.८५ प्रतिशत, पहाडको ५.३३ प्रतिशत तथा हिमालको मुल्य ४.३२ प्रतिशतले बढेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
- रवि लामिछाने विरुद्धको अनुसन्धानमा अब भैरहवामा के हुन्छ, पोखरामा के-के भयो ?
- जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
- धर्मका नाममा राजनीति हुनु हुँदैन: प्रधानमन्त्री
- उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
- कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया