Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनुमति नलिई यार्सागुम्बा सङ्कलन गर्ने नौ जना पक्राउ

अनुमति नलिई यार्सागुम्बा सङ्कलन गर्ने नौ जना पक्राउ


बझाड., जेठ ३२
सुर्मा गाउँपालिका ४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वन पैदावर जडीबुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई चार सय ७ थान यार्सागुम्बासहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा छविसपाथिभेरा गाउँपालिका ७ बुडखोरी बस्ने ४० वर्षीय जोगिरी धामी, सोही ठाउँ बस्ने विकास धामी, २३ वर्षीय गोबिन्द धामी, २२ वर्षीय विरेन्द्र धामी, हिमाल धामी, सुर्मा गाउँपालिका ५ सैनगाउँ बस्ने २५ वर्षीय जनक जेठारा, २९ वर्षीय बलबहादुर जेठारा, ३९ वर्षीय दानबहादुर लकण्डी र २१ वर्षीय बैरागी लकण्डी रहेका छन् ।

साइपाल गाउँपालिकामा संकलन गरिने यार्सागुम्बा डिभिजन वन कार्यालय बझाङ र सम्बन्धित स्थानीय तहहरूबाट रोक लगाइएकोमा उनीहरूले अनुमति नलिई यार्सागुम्बा संकलन गर्न गएको अवस्थामा प्रहरी चौकी दौलीचौर र भुग्तोली सामुदायिक वनका पदाधिकारी समेतको टोलीले फेला पारी पक्राउ गरेको हो । पक्राउ व्यक्तिहरूलाई बरामद यार्सागुम्बासहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बझाङ पठाइएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x