Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश


काठमाडौं : सुनचाँदीमा कोटा प्रणालीको नाममा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैकविरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सुन खरिद बिक्रीसम्बन्धी कार्यविधि २०६८ मा नेपाल रत्न तथा आभूषण संघमा आबद्ध भएको व्यवसायी फर्म वा कम्पनीले संघको सिफारिसमा तोकिएको वाणिज्य बैकबाट मात्र सुन खरिद गर्न पाउने व्यवस्था गरेको छ । सोही व्यवस्थाकोविरुद्ध लु हर्स ज्वेलर्स सर्वोच्च अदालत पुगेको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले सुनको कोटा प्रणालीको नाममा सिन्डिकेट खडा गरी सीमित व्यवसायीले मात्र वाणिज्य बैंकहरुबाट सुन खरिद गरेको, वास्तविक गहना पसलले सुन पाउन नसकेको र संघका जिम्मेवार पदाधिकारी सुन तस्करीमा संलग्न रहेको भन्दै स्थानीय प्रहरी प्रशासनमा कारबाही र छानबिनको माग राख्दै उजुरी दिएका थिए ।

त्यसरी तस्कर भएको सुनमा संघकै अध्यक्ष सुमनमान ताम्राकारसहित निर्मलज्योति तुलाधर, ज्योत्सना श्रेष्ठ, सुरेशमान श्रेष्ठ तथा जेजे ज्वेलर्सका सञ्चालक पवन सुमानीको संलग्नता रहेको आरोप लगाएपछि वरिष्ठ उपाध्यक्ष गुप्तालाई संघको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै उनको पारिवारिक कम्पनीहरुलाई समेत संघको सदस्यताबाट निष्काशन गरिएको थियो ।

संघले गुप्तासँगै उनको पारिवारिक कम्पनीहरू रिद्धिसिद्धि ज्वेलर्स प्रालि, रिद्धिसिद्धि ज्वेलरी हाउस र ब्लु हर्सन ज्वेलर्स प्रालिलाई समेत काँचो सुन खरिदमा प्रतिबन्ध लगाएको थियो । आफूहरुले २०औं वर्षदेखि गर्दै आएको व्यापारलाई तस्करीको विरोध गरेको भन्दै संघ र यसका अध्यक्ष सुमनमान ताम्राकारले बन्द गराउन खोजेपछि ब्लु हर्स ज्वेलर्स न्याय माग्दै सर्वोच्च अदालत गएको थियो ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा आइतबार भएको बहसपछि अदालतले ब्लु हर्स ज्वेलर्स प्रालिलाई के(कति कारणले स्वतन्त्ररूपमा सुन खरिद गर्न बञ्चित गरिएको हो रु नेपाल राष्ट्र बैकले जारी गरेको सुनचाँदी खरिद बिक्रीसम्बन्धी कार्यविधि २०६८ ले सुन खरिदमा सिन्डिकेट किन लगाएको हो रु त्यस विषयमा लिखित जवाफ पेस गर्न नेपाल राष्ट्र बैंक, नेपाल रत्न तथा आभूषण संघ, संघका अध्यक्ष सुमनमान ताम्राकार, संघको कार्यसमिति, नेपाल राष्ट्र बैक, नेपाल बैंकर्स एसोसिएसन लगायतका संस्थालाई कारण देखाऊ आदेश जारी गरेको हो ।

यो पनि पढ्नुहोस्

सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर

 

सुन तस्करको आरोप लागेका व्यवसायीद्वारा तस्करीविरुद्ध आवाज उठाउने सुन व्यवसायीमाथि नै कारबाही

सुनचाँदी व्यवसायीहरुबीच शीतयुद्ध
भारत सुन तस्कर गरेको आरोपमा प्रहरीमा पर्यो किटानी जाहेरी

 

 


क्याटेगोरी : बिबिध, बिशेष, समाचार

तपाईको प्रतिक्रिया