Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारज्योतिनगर पहिरोका कारण बुटवल डुब्यो : मेयर पाण्डेय

ज्योतिनगर पहिरोका कारण बुटवल डुब्यो : मेयर पाण्डेय


काठमाडौं । शनिबार रातीको बर्षाले बुटवल बजार क्षेत्र जलमग्न बन्न पुग्यो । करिब एक सय भन्दा बढी पलहरुमा क्षेति पुग्यो । वैशाख महिनामा परेको पानीले नै बजार डुबेपछि त्यस विषयमा सबैले चासो दिइरहेका छन् ।

बुटवल डुब्नुको कारण नदि अतिक्रमण गरेर बनाएका भौतिक संरचना भएको बताइएको छ । तर बुटवट उपमहानगरपालिका मेयर खेलराज पाण्डेय भने त्यसलाई मान्नलाई तयार छैनन् । ‘अक्रिमणको कुरा सकले उठायो त्यो थाहा भएन तर बुटवल डुब्नुको मुख्य कारण जोती नगरको पहिरो हो,’ मेयर पाण्डेयले भने ।

जोती नगरको पहिरो रोकथाम नगरेरसम्म यस्तो समस्या आइरहेन मेयर पाण्डेयले आर्थिक दैनिकलाई बताए । स्थानीय सरकारको क्षमताले पहिरो रोकथाम गर्न नसकिने मेयर पाण्डेयको भनाइ छ । यो पहिरो रोकथामका लागि प्रदेश र संघ सरकारलाई निरन्तर रुपमा आग्रह गर्दा पनि सुनुवाइ नभएको उनकाु गुनासो छ । अन्य कारण भए पनि मुख्य कारण यहि पहिरो भएको उनले बताए ।

‘बुटवल उपमहानगरपालिकाको दुई चार करोडले यो समस्या समाधान गर्न सकिदैन । प्रदेश र संघले यस विषयमा चासो नै दिएको छैन,’ उनले भने ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया