Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटर्की पठाइदिने भन्दै चार करोड ठगी गर्ने एक जना पक्राउ

टर्की पठाइदिने भन्दै चार करोड ठगी गर्ने एक जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट चार करोड भन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक सय २४ जनाबाट चार करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराका विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले एक सय २४ जनालाई टर्कीमा राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै ठगेको प्रहरीको भनाइ छ । श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । युएन मिसनको कार्यालयमा मासिक एक हजार चार सय ५० डलर कमाइ हुने आश्वासन दिएर ठगि गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । श्रेष्ठले चुच्चेपाटीको जमघट रेष्टुरेन्टमा विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेको र सुरुमा उनीहरुबाट प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार विनोदले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने भनेका थिए । त्यहाँ गएर आकर्षक तलब पाइने भन्दै प्रलोभनमा परेर १२४ जना टर्की जान तयार भएको प्रहरीको भनाइ छ । अरु व्यक्तिहरुलाई विश्वास दिलाउनका लागि उनले सुरुमा चार जनालाई भारतको राजधानी दिल्ली पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस पछि दिल्लीमा भारतीय एजेन्टमार्फत् थप ३ लाख रुपैयाँ उठाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

रकम लिएपछि उनीहरूलाई १५ दिनसम्म होटलमै राखेको पाइएको कोही पनि सम्पर्कमा नआएपछि उनीहरू भारतबाट नेपाल फर्किएका थिए । यसरी नै विनोदले १२४ जनाबाट ४ करोड ३४ लाख रुपैयाँ उठाएको पाइएको प्रहरीको भनाइ छ ।

पिडीतलाई श्विास दिलाउन उनले युएनमा रहेका व्यक्तिहरुको नाम पनि लिने गरेका थिए । आफ्नो काम नभए पछि नेपाल फर्किएका पिडीतहरुले केही दिन अघि पत्रकार सम्मेलन गरेर आवश्यक कारबाहीका लागि आग्रह गरेका थिए । श्रेष्ठले पिडितहरुलाई विश्वास दिलाउन प्रत्येकलाई चेक दिने गरेको प्रहरीको भनाइ छ । चेक लिएर बैंकमा जाँदा हस्ताक्षर नमिले पछि पिडितहरु प्रहरीकोमा पुगेका थिए ।

यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । विनोद श्रेष्ठलको श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेल विरुद्ध समेत ठगिको मुद्धामा अनुसन्धान भइरहेको छ । उनीहरु विरुद्ध अहिले पनि सीआइबीले ठगी मुद्धामा अनुसन्धान गरिरहेको छ । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया