Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत


काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरेका हुन् ।

उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित रहेका थिए ।


क्याटेगोरी : राजनिति, समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया