Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाँकेका व्यापारीहरुद्वारा सरकारविरुद्ध प्रदर्शन

बाँकेका व्यापारीहरुद्वारा सरकारविरुद्ध प्रदर्शन


बाँके जेठ ३२
कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै नेपालमा विरोध प्रदर्शन भइरहेका बेला बाँकेका उद्योगी ब्यापारीले समेत विरोध प्रर्दशन गरेका छन् । सरकारले लकडाउनबाट प्रभावित उद्योग, व्यवसाय सञ्चालनका लागि राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अगुवाइमा नेपालगन्जमा शुक्रबार प्रदर्शन गरिएको हो । उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष पुरुषोतम शर्माले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङमार्फत सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

ज्ञापनपत्रमा लकडाउनबाट प्रभावित उद्योगी, व्यवसायीका लागि आर्थिक प्याकेज तत्काल घोषणा गर्नुपर्ने, घर भाडाका लागि घरधनीहरुसँग छलफल गरी तत्काल सहजीकरण गर्नुपर्ने र लकडाउन अवधिभरको बैंक ब्याज मिनाहा गर्न राष्ट्र बैंकमार्फत वाणिज्य बैंकलाई तत्काल निर्देशन गर्नुपर्ने माग राखिएको छ । यस्तै, राज्यलाई बुझाउने सम्पूर्ण राजस्व (कर) लकडाउन खुलेको तीन महिनापछिको समय निर्धारण गर्नुपर्ने, उद्योग व्यवसायमा कार्यरत श्रमिकको तलब भुक्तानका लागि सरकार, व्यवसायी र श्रमिकको समान साझेदारीमा भुक्तान हुने व्यवस्था गर्नुपर्नेलगायत माग गरिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि भनेर सरकारले लकडाउन लम्ब्याउने काम मात्रै ग¥यो । महामारी नियन्त्रणका लागि पीसिआर परीक्षणको दायरालाई बढाउनै सकेन जसका कारण दैनिक व्यापार, व्यवसाय र काम गरी खाने जनता अब भोकै मर्ने स्थिति आउने निश्चित छ,’ व्यापारी ध्रुव दाहालले बताए ।

बैंकले मासिक ब्याज र घर मालिकले कोठा भाडा मागेर हैरान पारिरहेको ब्यापारी सरकार विरोधी प्रदर्शनमा उपस्थिती व्यापारी बताउँछन् ।नेपालगन्जको वीरेन्द्र चोकबाट सुरु भएको प्रदर्शन सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो । विभिन्न प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएका उद्योगी, व्यवसायीले चर्का नारा लगाएका थिए । यसैबीच बुटवलमा पनि शुक्रबार सरकारविरुद्ध प्रदर्शन भएको छ । कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्था नगरेको र खर्चमा पारदर्शीता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले सबै परीक्षण पीसीआर विधिबाट गर्नु पर्ने, बेसार पानी खाऊ भन्नुको सट्टा उपचार गर्नु पर्ने, खर्च भएको रकम पारदर्शी हुनु पर्ने माग गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x