Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारलगातार तेस्रो दिन बढ्यो शेयर बजार, कारोबार रकम चार अर्ब बढी

लगातार तेस्रो दिन बढ्यो शेयर बजार, कारोबार रकम चार अर्ब बढी


काठमाडौं । शेयर बजार लगातार तेस्रो पनि बढेको छ । यो साताको पहिलो दिन देखिनै बढीरहेको शेयर बजार आज पनि दोहोरो अंकले बढेको हो ।

मंगलबारको कारोबार बन्द हुदा शेयर बजार परिसूचक २८ दशमलव ६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि शेयर बजार परिसूचक २४ अंकले बढेको थियो । आज कारोबार भएका कम्पनीमध्ये दुई सय १९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज शेयर बजारमा तीन सय २० कम्पनीका ९८ लाख ५५ हजार दुई सय ८५ कित्ता शेयर ५९ हजार आठ सय ५६ पटक खरिद बिक्री भएको छ । आज परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । दिनभरीको कारोबार बाट चार अर्ब ८ करोड ८८ लाख ५३ हजार छ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सन्सेटिभ इन्डेक्स पनि तीन दशमलव ६० अंकले बढेर तीन सय ६० दशमलव २६ विन्दुमा पुगेको छ ।


क्याटेगोरी : शेयर बजार, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x