Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सरकारले सहुलियत कर्जा दिने

१ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सरकारले सहुलियत कर्जा दिने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न कर्जा दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले नवप्रवर्तन तथा राष्ट्रिय स्टार्टअप अभियान सञ्चालन गर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले प्राज्ञिक संस्थासँग सहकार्य गर्ने र सातै प्रदेशमा विजनेश इक्युभेसन सञ्चालन गरेर स्टार्टअपलाई प्रवद्र्धन गर्ने बताएका छन् । यसवाहेक सरकारले सरकारको शेयर स्वामित्व भएका सहकारी संस्थालाई एकीकरण गर्ने भएको छ । साथै बचत तथा ऋणका सहकारी मर्ज गर्ने नीति लिएको छ ।

यस्तै बजेट विनियोजन कुशलता कायम गर्ने र राजस्वको नयाँ स्रोत खोज्ने पनि राष्ट्रपति पौडेलले बताए । साथै बजेट विनियोजन प्रणालीमा सुधार गरिने पनि बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x