Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबबई नदीमा डुबेर दाजुभाइको ज्यान गयो

बबई नदीमा डुबेर दाजुभाइको ज्यान गयो


काठमाडौं । दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजु भाइको ज्यान गएको छ । बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा १८ वर्षका दीपक परियार र १६ वर्षका दिपेश डुबेर मृत्यु भएको हो ।

सोमवार भारतबाट फूपूको घर बबई आएका दाजुभाइको हिजो नदीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले जानकारी दिए ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको पौडी खेल्नेक्रममै ज्यान गएको प्रहरी निरीक्षक थापाले बताए । उनीहरुको परिवार कामको सिलसिलामा भारतमा बस्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x