शेयर बजार नौ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
काठमाडौं । शेयर बजार परिसूचक बुधबार आरालो लागेको छ । अघिल्ला तीन दिन लगातार रुपमा बढेको शेयर बजारमा आज नौ अंकभन्दा बढीले गिरावट आएको हो ।
नीति तथा कार्यक्रम सार्वजनिक भएको दिन मंगलबार २८ अंकले बढेको थियो । साताको कारोबार हुने चौथो दिन नेप्से परिसूचक नौ दशमलव ५४ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक दुई हजार १७ दशमलव ९७ अंकमा पुगेको छ । आज कारोबार भएका एक सय ७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७२ कम्पनीको शेयर मूल्य आरालो लागेको छ । त्यस्तै आठ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज दिनभरीमा तीन सय १५ कम्पनीका ८४ लाख ९० हजार सात सय २२ कित्ता शेयर ५५ हजार आठ सय ६२ पटक खरिद बिक्री भएका छन् । नेप्से परिसूचकसँग आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन चार अर्ब बढीको कारोबार भएको बजारमा आज तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि दुई दशमलव १७ अंकले घटेर तीन सय ५८ दशमलव शून्य नौ अंकमा पुगेको छ ।
क्याटेगोरी : शेयर बजार, समाचार
ताजा अपडेट
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया