काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दाको बहस लम्बिएको छ । उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो ।
जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको हो । जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो । सुरुमा सरकारी वकिलले ओपनिङ बहस गरेका थिए भने त्यसपछि सन्दीपको तर्फबाट बहस भएको थियो । सन्दीपका कानुन व्यवसायीपछि सरकारी वकिलहरूले जवाफी बहस गरेका थिए । सरकारी वकिलको बहससगै जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस थालेका थिए । मङ्गलवार अबेरसम्म उनीहरूमध्ये केहीले बहस गरेका थिए ।
बुधवार बिहानदेखि उनीहरूकै बहस निरन्तर भएको थियो । चिया समयसम्म सक्नेगरि न्यायाधीशहरुले उनीहरूलाई डेढ घण्टा र सन्दीपका कानुन व्यवसायीलाई जवाफका लागि १ घण्टाको समय निर्धारण गरेका थिए । तर उक्त समय अपुग भएको भनी जाहेरवालाका तर्फबाट समय माग भएपछि इजलासले केही समय उपलब्ध गराएको हो । न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दा हेर्दै ’ राखिएको थियो ।
जाहेरवालाहरूको बहस अन्तिम किनारातिर रहेको र उनीहरूको बहसपछि आफूहरूले बहस गर्ने सन्दीप का कानुन व्यवसायीले जनाएका छन् । आफूहरूको धेरै कुरा नभएको तर इजलासमा बहसका क्रममा उठेको प्रश्नहरूलाई प्रस्ट पार्नुपर्ने देखिएको ती कानुन व्यवसायीले बताए । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया