Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा साबिकको कार्यालय समयमा नै सेवा सञ्चालन गर्न बैंकहरुलाई निर्देशन

राष्ट्र बैंकद्वारा साबिकको कार्यालय समयमा नै सेवा सञ्चालन गर्न बैंकहरुलाई निर्देशन


काठमाडौं, असार १
नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुलाई साबिकबमोजिमकै कार्यालय समयमा वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आईतबार अनुुमति प्राप्त २७ वटा वाणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ८९ वटा लघुुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले असार १ गते अर्थात् आजबाट सेवाग्राहीको चाप मूल्यांकन गरी बढी भीडभाड हुुने स्थानहरुमा आवश्यकताअनुसार विभिन्न चरणमा सेवा प्रवाह गर्ने व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रवाह गर्ने सुनिश्चितता प्रदान गर्नुुपर्नेछ । सेवाग्राहीको भीडभाड कम हुुने तथा दूरी कायम हुुने गरी लामबद्ध हुुने व्यवस्था गर्नुुपर्नेछ ।

यसैगरी बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु स्यानिटाइजर, मास्क, थर्मल स्यानिङ, ह्याण्ड वास, ग्लोभ्सलगायतका व्यवस्थाहरु गर्नुुपर्नेछ । यसैगरी विद्युतीय कारोबारलाई थप प्रोत्साहन गर्न पभन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी राष्ट्र बैकले सोही दिन अर्को परिपत्र जारी गर्दै भुक्तानी तथा फर्स्योट विनियमावली २०७७ लाई कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएको छ । राष्ट्र बैंकबाट अनुुमति प्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई भुक्तानी तथा फर्स्योट ऐन २०७५ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी भुक्तानी तथा फर्स्योट विनियमावली २०७७ जारी गरिएकाले सबै संस्थाहरुलाई सोहीबमोजिम गर्न गराउन निर्देशन दिएको छ । यसैबीच, राष्ट्र बैंकले आइतबार नै अर्को परिपत्र जारी गर्दै विगतका लकडाउनका कारण आरटीजीएसको समय परिवर्तन गरिएको भए पनि आज सोमबारबाट भने पूर्ववत् समयअनुुसार नै आरटीजीएस कार्यान्वयनमा ल्याउन बैंकहरुलाई निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x