Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकहरुको अस्वाभाविक नाफा : अर्थमन्त्री खतिवडा

बैंकहरुको अस्वाभाविक नाफा : अर्थमन्त्री खतिवडा


सुरेश राउत
काठमाडौं, असार १
अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुको नाफा नाफा अस्वाभाविक भएको भन्दै त्यसलाई नियन्त्रणमा राख्नुुपर्ने आशय व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुुन् ।

बैंकिङ क्षेत्रमा कर्जा तथा निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) उच्च हुुँदा नाफा उच्च भएको भन्दै उनले अहिलेको यो समय नाफा मात्र कमाउने समय नभएको बताए । ‘विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सिंगो मुुलुकको अर्थतन्त्रमा नै संकुचन आएको बेला वित्तीय क्षेत्रमा मात्र अस्वाभाविक नाफा कमाउनुुहुुँदैन’, उनले भने, ‘केही वर्षअघिसम्म बैंकिङ क्षेत्रमा नौ प्रतिशतको हाराहारीमा स्प्रेड दर रहेको थियो, अहिले यस्तो स्प्रेडदरलाई घटाएर पाँच प्रतिशतमा कायम गरिएको छ ।’ तर अहिले बजारको अवस्थालाई हेर्दा यो स्प्रेडदर पनि केही उच्च भएको आशय उनले व्यक्त गरे ।

अहिलेको अवस्थामा बैंक तथा वित्तीय क्षेत्रले मात्र नाफा कमाउन खोज्ने हो भने अर्थतन्त्र कमजोर हुन्छ, असमानता बढ्छ, उद्योगहरु कमजोर हुन्छन्, उद्योगहरु कमजोर हुुँदा अन्ततोगत्वा यसले बैंकहरुलाई नै असर पार्छन्, यस अर्थमा अहिले बैंकहरुले उच्च नाफालाई कम गरेर नाफालाई सामान्य अवस्थामा राख्नुुपर्ने उनले बताए । बैंकहरुको नाफालाई सामान्य अवस्थामा राख्नको लागि उद्योग एवं बैैकिङ क्षेत्र समेतलाई कुनै पनि किसिमको अप्ठ्यारो नपर्ने गरी बैंक तथा वित्तीय क्षेत्रको स्प्रेडदरलाई कम गराउने पक्षमा समेत सरकार रहेको उनले बताए ।

अहिले नेपाली बैंकिङ क्षेत्रमा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २३ वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी र ८९ वटा लघुुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । यीमध्ये वाणिज्य बैंकहरुमा तीनदेखि चार प्रतिशतको हाराहारीमा स्प्रेडदर रहे पनि राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीहरुको स्प्रेडदर चारदेखि पाँच प्रतिशतको बीचमा छ ।

लघुुवित्त वित्तीय संस्थाहरुमा अहिले यस्तो स्प्रेडदर नौदेखि १२ प्रतिशतसम्म रहेको छ । स्प्रेडदर उच्च हुुँदाको निक्षेपको ब्याज सस्तो र कर्जाको ब्याज महंगो हुुने गर्छ । सोही कारण पनि कोरोना भाइरस (कोभिड १९) का कारण उद्योग क्षेत्रमा परेको नकारात्मक असरलाई कम गरी उद्योगहरुलाई बचाउनको लागि पनि अर्थमन्त्री खतिवडाले स्प्रेडदरलाई कम गर्न खोजेका हुुन् । देशको आर्थिक पुनरुत्थानको लागि बैंक तथा वित्तीय संस्थाहरु र उद्योगहरु सँगसँगै समानान्तर रुपमा अगाडि बढ्नुुपर्ने उनले बताए ।

फाइनान्स कम्पनीहरुले बढाए स्प्रेडदर : सञ्चालनमा रहेका २२ वटा फाइनान्स कम्पनीहरुमध्ये केही फाइनान्स कम्पनीहरुले स्प्रेडदर बढाएका छन् । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार पछिल्लो समय फाइनान्स कम्पनीहरुमा व्यवस्थापन खर्च चुुलिएको र नाफा पनि बढाउनुुपर्ने बाध्यताका कारण स्प्रेडदर बढाएका हुुन् ।

यसरी स्प्रेडदर बढाउने फाइनान्सहरुमध्ये आईसीएफसी फाइनान्सले गत आवको तेस्रो त्रैमासिक अवधिमा चार दशमलव ६० प्रतिशतको अनुुपातमा रहेको चालू आवको तेस्रो त्रैमासिकमा यस्तो अनुुपातलाई बढाएर चार दशमलव ९० प्रतिशत पु¥याएको छ । यसैगरी युनाइटेड फाइनान्सले पनि गत आवको तेस्रो त्रैमासिकमा चार दशमलव ७१ प्रतिशतको अनुपातमा रहेको स्प्रेडदरलाई बढाएर चालू आवको तेस्रो त्रैमासिकमा पाँच दशमलव २६ प्रतिशत पु-याएको छ ।

बेष्ट फाइनान्सले पनि गत आवको तेस्रो त्रैमासिकमा चार दशमलव ९८ प्रतिशतमा रहेको स्प्रेडदरलाई बढाएर चालू आवको तेस्रो त्रैमासिकमा सात दशमलव २४ प्रतिशत पु-याएको छ । सिर्जना फाइनान्सले भने गत आवको तेस्रो त्रैमासिकमा सात दशमलव नौ प्रतिशतको अनुुपातमा रहेको स्प्रेडदरलाई घटाएर चालू आवको तेस्रो त्रैमासिकमा छ प्रतिशतमा झारेको छ ।

यसैगरी प्रोग्रेसिभ फाइनान्सले पनि गत आवको तेस्रो त्रैमासिक अवधिमा पाँच दशमलव तीन प्रतिशतको अनुपातमा रहेको स्प्रेडदरलाई घटाएर छ प्रतिशतमा झारेको छ । यीबाहेकका अन्य फाइनान्समा पनि स्प्रेड दर चारदेखि छ प्रतिशतको हाराहारीमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x