बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
काठमाडौँ,महिला र बालबालिका बेचबिखनविरुद्ध अदालतमा दर्ता भएका मुद्दामा छिटो फैसला हुनुपर्ने आग्रह गरिएको छ । शक्ति समूहले आज आयोजना गरेको मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा वक्ताले पीडितलाई न्यायका लागि छिटो फैसला हुनुपर्ने आग्रह गरिएको हो ।
सो समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले २०६४ सालमा दर्ता भएका मानव बेचबिखनविरुद्धको मुद्दा २०७२ सालमा फैसला भएको उदाहरणसमेत रहेकोे बताए। सो सवालमा अहिलेसम्म एक सय वटा मुद्दा दर्ता भएकोमा १४ वटाको मात्र फैसला भएको देखिएको उनले जनाए ।
अभियन्ता चरिमाया तामाङले मानव बेचबिखनविरुद्धको कार्यमा राज्य, समुदाय र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए। पत्रकार मात्रिका पौडेलले मानव बेचबिखनविरुद्धको अभियानमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको सचेतना र खबरदारीको भूमिका निर्वाह गर्ने बताए । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया