Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४ सय ५१ सङ्क्रमित थपिँदा निको भएर फर्किए ६७ जना

४ सय ५१ सङ्क्रमित थपिँदा निको भएर फर्किए ६७ जना


काठमाडौं, असार २
कोरोना महामारी (कोभिड– १९) को सङ्क्रमण थप ४ सय ५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै सोमबार थप ४ सय १६ पुरुष र ३५ जना महिलामा सङ्क्रमण देखिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या छ हजार २ सय ११ पुगेको छ । तीमध्ये पाँच हजार ७ सय ४० पुरुष र ४ सय ७१ महिला छन् । अहिलेसम्म ७३ जिल्लामा सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

यसैबीच, कोभिड– १९ को सङ्क्रमणबाट सोमबार मात्रै ६७ जना निको भएका छन् । उनका अनुसार विभिन्न अस्पतालमा ६० पुरुष र सात जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार कोभिड– १९ अस्पताल जनकपुरबाट २४ पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तीन महिला र एक जना पुरुष, सशस्त्र प्रहरीको बलम्बुस्थित कोभिड अस्पतालबाट दुई महिला, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एक महिला र एक पुरुष, कलैया अस्पताल बाराबाट छ पुरुष, शाहीकृष्ण आइसोलेसन सप्तरीबाट १७ पुरुष र कोभिड–१९ अस्पताल बेलझुण्डी दाङबाट एक महिला र ११ पुरुष डिस्चार्ज भएका छन् । योसँगै एक हजार ४१ जना हालसम्म डिस्चार्ज भएका छन् । तीमध्ये १ सय ४ महिला र ९ सय ३७ पुरुष छन् । त्यस्तै, अहिलेसम्म पीसीआर एक लाख ३८ हजार ६ सय ८३ र आरडीटी दुई लाख १९ हजार ३ सय ३६ जनाको गरिएको छ । देशभरि क्वारेन्टाइनमा एक लाख ३३ हजार ८२९ जना छन् ।

यस्तै सोमबारदेखि पोखरामा कोभिड–१९ को पिसिआर मेसिन जडान गरी थप एक प्रयोगशाला स्थापना गरी परीक्षण थालिएको छ । योसँगै पोखरामा दुई पीसीआर विधिबाट प्रयोगशाला स्थापना गरिएको छ । नयाँ प्रयोगशालासँगै मुलुकभर २२ प्रयोगशालाबाट पिसिआर परीक्षण गरिन्छ । यसैगरी मन्त्रालयले विभिन्न स्वास्थ्यसंस्थासँग कोभिड– १९ का बिरामीको उपचारमा समन्वय र सहजीकरण गर्न मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. माधवप्रसाद लम्सालको संयोजकत्वमा एक चिकित्सक टोली गठन गरेको प्रवक्ता डा गौतमले बताए ।

यसैगरी कैलालीका लम्की चुहा नगरपालिका–१ मा रहेका क्वारेन्टाइनमा एक महिलामाथि भएको बलात्कारमा संलग्न सबैलाई कारवाहीको प्रक्रिया शुरु गरिएको उनले बताए । उनले उक्त घटनाप्रति मन्त्रालयको खेदप्रकट गर्दै घटनामा स्वास्थ्यकर्मीसहित स्थानीय अगुवाको समेत संलग्नता रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x