Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी मुुद्रा सञ्चितिमा सुधार, नौ महिना पाँच दिनको वस्तुु सेवा आयात धानिने

विदेशी मुुद्रा सञ्चितिमा सुधार, नौ महिना पाँच दिनको वस्तुु सेवा आयात धानिने


काठमाडौं, असार २
विदेशी मुुद्राको सञ्चितिमा सुधार आएको छ । नेपाल राष्ट्र बैकको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुुसार २०७६ असार मसान्तमा विदेशी मुुद्राको सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोडबराबरको रहेको थियो । तर अहिले भने कुल विदेशी विनिमय सञ्चिति ११ दशमलव तीन प्रतिशतले बढेर २०७६ चैत मसान्तमा ११ खर्ब ५५ अर्ब ९० करोडबराबर पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ चैत मसान्तमा नौ अर्ब ४९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा नौ खर्ब अर्ब ४४ करोड रहेकोमा २०७६ चैत मसान्तमा नौ खर्ब ९६ अर्ब आठ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा एक खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७६ चैत मसान्तमा एक खर्ब ५९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । २०७६ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव नौ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनासम्मको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिना सात दिनको वस्तु आयात र नौ महिना पाँच दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३० दशमलव सात प्रतिशत, ७८ दशमलव आठ प्रतिशत र २९ दशमलव छ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३० प्रतिशत, ६४ दशमलव नौ प्रतिशत र २९ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २०७५ चैत मसान्तमा प्रतिब्यारेल अमेरिकी डलर ७१.५७ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७६ चैत मसान्तमा ७१.७ प्रतिशतले घटी प्रतिब्यारेल अमेरिकी डलर २०.२३ कायम रहेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७५ चैत मसान्तमा प्रतिआउन्स सुनको मूल्य अमेरिकी डलर १२९४.३० रहेकोमा २०७६ चैत मसान्तमा २९.९ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १६८०.६५ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तको तुलनामा २०७६ चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १० दशमलव १८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ शून्य दशमलव नौ प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय २१ रुपैयाँ ७६ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर एक सय नौ रुपैयाँ ३६ पैसा पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

दैनिक शोधभर्नाको लागि राजस्व रकम प्रविष्ट गर्न राष्ट्र बैंकको निर्देशन : नेपाल राष्ट्र बैंकले दैनिक शोधभर्नाको लागि राजस्व रकम प्रविष्ट गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको नाउँमा परिपत्र जारी गर्दै राजस्व रकम प्रविष्ट गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकका अनुसार सरकारी कारोबार निर्देशिका २०७६ अनुुसार राजस्व रकम प्रविष्ट गर्न निर्देशन दिएको हो । कतिपय बैंकहरुले प्रविष्ट गरेको गरेको प्रतिवेदन मेल नखाएको भन्दै यही जेठ मसान्तसम्म सच्याउनुुपर्ने भएकाले सोहीअनुरुप गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकद्वारा चार अर्ब रुपैयाँको ट्रेजरी बिक्री : नेपाल राष्ट्र बैंकले चार अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । जारी मिति असार २ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको चार अर्ब रुपैयाँको रहेको छ । राष्ट्र बैंकका अनुसार उक्त ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ भदौ ३० गते तोकिएको छ ।

यसअघि यही जेठ २६ गते पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँभन्दा बढीको ट्रेजरी बिल बिक्री गरेको थियो । जसमध्ये ९१ दिने अवधिको १२ अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x