काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२को बजेट घोषणा गरेको भोलिपल्ट सेयरबजारमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २३ दशमलव ८१ अंक घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा कायम भएको छ । चार अर्ब ५७ करोड ५० लाख रुपैयाँबराबरको एक करोड सात लाख ३८ हजार एक सय ६९ कित्ता सेयर किनबेच भएको छ ।
बजेटमा लगानीकर्ताका माग सम्बोधन नभएपछि बुधबार बजारले नकारात्मक प्रतिक्रिया देखाएको हो । लगानीकर्ताले बजेटप्रतिको असन्तुष्टि सेयर बेचेर पोखेका छन् । सेयरको बिक्रीचाप बढेपछि बजार रातो बनेको हो । कारोबार भएका दुई सय ४७ कम्पनीमध्ये एक सय ९१ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा बजार रातो बनेको हो । ५६ कम्पनीको सेयरमूल्य भने बढेको छ । लगानीकर्ताको सम्पत्ति ३७ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ३३ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ ।
बैंकिङ, विकास बैंक, जीवन बीमा, लघुवित्त, जलविद्युत्, लगानी, निर्जीवन बीमा र अन्य समूह घटेका छन् । सबैभन्दा धेरै बैंकिङ समूह दुई दशमलव ९४ प्रतिशत घटेको छ । त्यसपछि लघुवित्त समूह एक दशमलव ७१ प्रतिशत, जीवन बीमा समूह एक दशमलव तीन प्रतिशत, विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले घटेका छन् । फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह भने बढका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ६८ प्रतिशतले बढेको छ । त्यसपछि होटल तथा पर्यटन एक दशमलव १३ प्रतिशत, व्यापार समूह शून्य दशमलव ६९ प्रतिशत र फाइनान्स शून्य दमलव १४ प्रतिशत घटेको छ ।
बजारमा गिरावट आए पनि चार कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ । युनिलिभर नेपाल लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड, अपर लोहोरे खोला जलविद्युत् कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको हो । बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक नौ दशमलव ४१ प्रतिशत घटेको छ । सबैभन्दा धेरै सेयर कारोबार पोखरा फाइनान्सको १९ करोड ५२ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावरको १९ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया