Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषन्युयोर्कमा २५६८औँ बुद्ध जयन्ती मनाइयो

न्युयोर्कमा २५६८औँ बुद्ध जयन्ती मनाइयो


न्युयोर्क : अमेरिकाको न्युयोर्कमा २५६८औँ बुद्ध जयन्ती भव्य रुपमा मनाइएको छ । हिमालयन बुद्धिष्ट कम्युनिटी अफ नेपाल इन युएसए, नेवाः गुठी न्युयोर्क र युनाइटेड शेर्पा एसोसिएसनले संयुक्त रुपमा बुद्ध जयन्ती मनाएका हुन् ।

दुईवटा खटमा भगवान् गौतम बुद्धको मूर्ति राखेर शेर्पा किदुगबाट निकालिएको शोभायात्राले ज्याक्सन हाइट नगर परिव्रमा गरेको थियो । शेर्पाहरुको विशेष बाजा बजाएर निकालिएको उक्त नेपाली शैलीको कलात्मक खट एउटालाई चार जनाले बोकेका थिए ।

उक्त शोभायात्रा हेर्न सडक किनारामा ठूलो सङ्खयामा जनसमुदायको भिड लागेको थियो । बुद्ध नेपालमा जन्मेका हुन्, आज उनको २५६८ औँ जन्मदिन हो भनी विदेशीलाई जानकारी गराइएको थियो भने कयौँ विदेशीले बुद्धबारे जिज्ञासा राखेका थिए ।

नगर परिक्रमापछि ज्याक्सन हाइटस्थित ड्राइभर सिटी प्लाजास्थित पार्कमा बनाइएको सभास्थलमा पुग्दा हजारौँले बुद्धको मूर्ति दर्शन गरेका थिए ।
बुद्धको प्रतिमामा डाक्टर (भन्ते) युला शेर्पा, शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पा र हिमालयन बुद्धिष्टका अध्यक्ष हृदय तुलाधरले जल चढाएपछि भक्तजनहरुले पनि जल चढाई प्रार्थना गरेका थिए ।

त्यस अवसरमा डाक्टर युला शेर्पाले भगवान बुद्धको ज्ञानबारे प्रवचन दिनुभएको थियो भने प्राध्यापक मीमलाल नकर्मीले बुद्धको पञ्चशीलबारे बोल्नु भएको थियो ।

कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष तेम्बा शेर्पाले नेवाःगुठी न्युयोर्कसित यसरी सहकार्य गरी कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । हिमालयनका अध्यक्ष हृदय तुलाधारले पनि यसरी सबैको सहयोगबाट कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा कम्युनिटीका वीरेन्द्र मानन्धरले स्वागत भाषण गरेका थिए भने सुवर्णकुमार शाक्यले कार्यक्रम सञ्चालन गरेका थिए।


क्याटेगोरी : बिशेष, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x