मेलम्ची खानेपानी आयोजनामा चार अर्बमा नयाँ मुहान र थप सुरुङ निर्माण गरिने
काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँध (हेडवर्क्स) लाई नयाँ स्थानमा सार्नुको साथै नयाँ सुरुङमार्ग पनि निर्माण गर्ने भएको छ । करिब चार अर्ब रुपैयाँमा अहिले भएको भन्दा करिब आठ सय मिटरमाथि नयाँ मुहानस्थल अर्थात् बाँध बनाउने र सो स्थानबाट अहिलेको सुरुङमार्गमा पानी ल्याउन थप नयाँ सुरुङमार्ग पनि निर्माण हुनेछ । ती दुवै संरचना बनाउनको लागि नयाँ सडक पनि निर्माण हुनेछ ।
२०७८ साल असार १ गतेको भीषण वर्षापछि आएको बाढीले मेलम्चीको मुहानलाई पुरेको थियो । त्यसपछि उक्त स्थानबाट अस्थायीरूपमा पानी थुनेर हिउँदका केही महिना काठमाडौंमा खानेपानी ल्याइने गरेको छ भने बर्खा याममा पानी ल्याउन बन्द गर्नेगरिएको छ ।
एक क्यानेडिएन कम्पनीले अहिले पुरिएको हेडवक्र्सभन्दा आठ सय मिटरमाथि नयाँ मुहान र बालुवा थिग्रयाउने स्थान बनाउन सिफासिर गरेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मुहान सार्न खानेपानी मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको हो । मन्त्रिपरिषद्को सहमतिको कारण अब नयाँ हेडवक्र्स निर्माणको लागि प्रक्रिया सुरु भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्र्स र थप संरचना बनाउनको लागि करिब चार अर्ब रुपैयाँ खर्च हुनेछ । सो रकममध्ये दुई अर्ब एसियाली विकास बैंकले अनुदान र दुई अर्ब सोही बैंकबाट नेपालले ऋण लिनेछ । त्यसको लागि एडीबीसँग सहमति भइसकेको छ ।
मन्त्रिपरिषद्को निर्णयको कारण अब यस विषयमा नेपाल सरकार र एडीबीबीच सम्झौता हुनेछ । प्राकृतिक विपति तथा प्राविधिक कमजोरीको कारण मेलम्चीमा अर्बौँ रुपैयाँ अतिरिक्त खर्च भइसकेको छ तर पनि आयोजनाबाट ढुक्कसँग १२ महिना नै पानी काठमाडौंमा आउन सकेको छैन ।
अब ११ देशमा नयाँ राजदूत : सरकारले भारतसहित ११ देशमा नयाँ राजदूत नियुक्ति गर्ने भएको छ । त्यसको लागि अहिले कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सरकारले भारतका राजदूत डा. शंकर शर्मा, अमेरिका राजदूत श्रीधर खत्री, बेलायतका राजदूत ज्ञानचन्द्र आचार्य, साउदी अरबका राजदूत नवराज सुवेदी, दक्षिण कोरियाका राजदूत ज्योति प्याकुरेल, मलेशियाका राजदूत डिल्लीराज पौडेल, स्पेनका राजदूत शर्मिला पराजुली ढकाल, डेनमार्कका राजदूत प्राडा रामसुरज यादव, इजरायलका राजदूत कान्ता रिजाल, कतारका राजदूत डा. नरेशविक्रम ढकाल, पोर्चुगलका राजदूत सनिल नेपाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
यस्तै, बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागिता जनाउने निर्णय पनि गरेको छ । भारतमा भएको नयाँ निर्वाचनबाट गठबन्धनको तर्फबाट हालकै प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्दै छन् ।
मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ भने हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गरेको छ भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोकेको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १) बमोजिमका ५२ रोगहरूलाई संक्रामक रोगहरूको रूपमा तोक्ने निर्णय गरेको सरकारले जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गरेको छ । यस्तै, ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया