सार्कलाई चलायमान बनाउन सबै राष्ट्र लाग्नुपर्छ: रघुजी पन्त
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण निकाय र संरचनालाई प्रभावकारी बनाउन सार्क सङ्गठनको अध्यक्षका हैसियतले नेपाल सरकारले सक्रियता बढाउनुपर्ने धारणा व्यक्त गरे ।
उनले भने, “सार्क विश्वद्यालय नयाँदिल्ली छ, सार्क सचिवालय नेपालमा छ । नेपालले अध्यक्षता गरिरहेको अवस्थामा नेपालले अघि बढ्नुपर्छ । कुनै विवाद आएको अवस्थामा नेपालले हामी सम्मेलन गर्न सक्छौँ भन्न सक्नुपर्छ ।”
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारती प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा गएर आएको र भारतसँग सबै सम्बन्ध राम्रो छ भनेका सन्दर्भमा नेता पन्तले सीमा समस्या यथावत रहेको राससलाई बताए । साथै उनले सार्कका समस्या जस्ताको तस्तै रहेका बारेमा प्रधानमन्त्री दाहालले संसद्लाई आजै सम्बोधन गरेर भारत भ्रमणबारे जानकारी गराउनुपर्ने माग गरे ।
“भारत भ्रमणमा केके भयो ? नेपाल–भारतबीचको समस्याबारे केके ठोस कुरा भयो ? यो संसद्को विशेषाधिकार होे । यो संसद्ले जानकारी पाउनुपर्छ । सभामुखले स्पष्ट रुलिङ गर्नुपर्छ ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया