पशुपति क्षेत्र विकास कोषको जग्गामा ११ वटा पक्की घर र एउटा विद्यालय
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गाको संरक्षण गर्न नसक्दा उक्त जग्गामा निजी घर र विद्यालय भवन निर्माण भएको छ । कोषले संरक्षण नगर्दा गोठाटरस्थित जग्गामा घर, विद्यालय भवन र टहरा निर्माण भएको छ । बालुवाखानीका कारण पटक–पटक विवादमा आएको उक्त जग्गा कोषले संरक्षण नगर्दा ११ पक्की घर र ४० टहरा र तेजविनायक माध्यमिक विद्यालयको भवन बनेको छ । विद्यालयले पनि कोषकै जग्गामा भवन बनाई जग्गा अतिक्रमण गरेको छ । साबिकको भन्दा घटी जग्गा देखिएका कारण उक्त जग्गाको हाल–साबिकसमेत हुन सकेको छैन । जग्गाको उचित संरक्षण एवं उपयोग गर्नुपर्नेछ ।
त्यस्तै, उक्त क्षेत्रको बालुवा र माटो बेची आर्थिक लाभ लिएको कोषले जग्गा संरक्षणमा कुनै चासो नदेखाउँदा अतिक्रमण हुनपुगेको हो । २०७४ वैशाख ५ गते मन्त्रिपरिषद्ले गोठाटारस्थित सात हजार वर्गमिटरभन्दा बढी जग्गा कोषको भएको निर्णय गरेको थियो । गोठाटार ३ (क) कित्ता नम्बर ५९ को १९ रोपनी चार आना क्षेत्रफलको टायल चेकबाट क्षेत्रफल १५ रोपनी (७६२९.०६) वर्गमिटर कायम भई हाल नापीमा वडा नं. ३ सिट नम्बर १०६९–१५ कित्ता नम्बर १ र २ को कमशः क्षेत्रफल दुई हजार एक सय ७१ दशमलव शून्य पाँच र पाँँच हजार ९० दशमलव ६६ वर्गमिटरसमेत जम्मा क्षेत्रफल सात हजार दुई सय ६१ दशमलव ७१ वर्गमिटर जग्गा कोषको हो । डिजिटल प्रविधिबाट नापी हुँदा गोठाटारमा रहेको जग्गा तीन सय ६७ दशमलव ८९ वर्गमिटर घटी हुन गएको महालेखाले आफ्नो ६१औँ प्रतिवेदनमा उल्लेख गरेको छ ।
कोषले आफ्नो जग्गासँगै मन्दिरमा भेटी चढाइएको सुनचाँदी समेत संरक्षण गर्न नसकेको बताइएको छ । कोषसँग कति जग्गा छ, कहाँ–कहाँ छ भनी जग्गाको लागत तयार गरी संरक्षण गर्नुपर्ने बताइए पनि त्यसो गरिएको छैन । पशुपतिको सम्पत्ति तथा गुठी जग्गा अध्ययन तथा छानबिन समितिको प्रतिवेदन– २०७५ अनुसार श्री पशुपतिनाथ गुठीतर्फ अमालकोट, पशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको लगतअनुसार कुल पाँच हजार ६० रोपनी गुठी जग्गा रहेकोमा दुई सय ३१ रोपनी १० आना एक पैसा जग्गा दर्ता बाँकी रहेको छ । साथै एक हजार एक सय ६१ रोपनी १४ आना तीन पैसा जग्गा सम्झौताबमोजिम त्रिभुवन विमानस्थलले प्रयोग गरिरहेको छ ।
पशुपति क्षेत्रभित्रका मन्दिर, देवालय, शिवालय तथा विभिन्न गुठीको १० हजार १९ रोपनी १५ आना एक पैसा र श्रीपशुपतिनाथको महास्नान पोता गुठीको एक हजार दुई ४१ रोपनी एक आना दुई पैसा गरी गुठी संस्थान मातहत कुल ११ हजार दुई सय ६१ रोपनी तीन पैसा जग्गा रहेको छ । पशुपति क्षेत्रभित्र गुठी संस्थानअन्तर्गत सञ्चालन र व्यवस्थापन हुँदै आएका राजगुठीहरूको संख्या लगभग एक सय ९५ रहेको भए पनि श्री पशुपतिनाथ र यस क्षेत्रका मठमन्दिर, पूजाआजा, पर्व एवं जात्रा आदिसँग सम्बन्धित राजगुठी, छुट गुठी र निजी गुठीसमेतका सम्पूर्ण गुठी जग्गाको यथार्थ र अद्यावधिक लगत अभिलेख कोषले तयार गरेको पाइएन । पशुपतिनाथ र यस क्षेत्रका गुठी तथा जग्गाको अद्यावधिक लगत तयार गर्नको लागि सरकारले निर्देशन दिए पनि कोषले त्यसलाई पूर्ण बेवास्ता गर्दै आएको छ ।
कोषले गौशाला धर्मशालाको समेत संरक्षण गर्न सकेको छैन । कोषले १९९० सालको भूकम्पपीडितहरूलाई राहतस्वरूप खाना खुवाउन र त्यसपछि दुध कटुवा साँढेहरूलाई जुनेलो घाँस रोप्न उपलब्ध गराएको नौ रोपनी १४ आना जग्गा हाल एक समितिले उपयोग गरिरहेको छ । २०६० जेठ १२ गते कोषसँग सम्झौता गरी वार्षिक ५१ हजार दिने उल्लेख भए पनि कार्यान्वयन भए÷नभएको सार्वजनिक गरिएको छैन । दुवै पक्षको सहमतिमा संशोधन आवश्यक रहेको बताइएको छ ।
धर्मशाला परिसरमा गौपालन, नन्दी सेवा र तीर्थयात्रीलाई आवास सञ्चालन गर्नुपर्नेमा सम्झौताविपरीत १९ सटरहरूमा पसल, धर्मशालाभित्र चमेना गृह, अस्पताल, दूध तथा दुग्ध पदार्थहरू बिक्री वितरणलगायतका कामहरू गरिएको महालेखाले उल्लेख गरेको छ । प्रचलित बजार दरको आधारमा न्यूनतम भाडादर कायम गरी अद्यावधिक गर्नुपर्नेमा सरकारी दररेटभन्दा पनि न्यून दरमा भाडामा दिइएकोमा संरचना निर्माण गरी उक्त समितिले व्यावसायिक प्रयोजनमा प्रयोग गरेको अवस्था छ ।
२०६३ मंसिर ६ गते सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको निर्णयमा छ महिनाभित्र उक्त धर्मशाला कोषले जिम्मा लिई सम्झौता रद्द गर्ने उल्लेख छ । उक्त समितिले प्रयोग गर्दै आइरहेको गौशाला धर्मशालाको जग्गाको सम्झौता पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्कोे बैठकले खारेज गर्दै भाडा पुनरावलोकन गरी पुनः सम्झौताका लागि १५ दिनको म्याद दिइएको भए पनि हालसम्म कार्यान्वयन भएको छैन । २०८० साउन १६ गते उक्त सम्झौता भएको थियो । कोषको सम्पत्ति पशुपति क्षेत्र विकास कोषको उद्देश्यअनुसार उपयोग एवं संरक्षण गर्नुपर्ने माग उठाए पनि कोषका पदाधिकारीले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया