Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम ट्याङ्कर चालक संघको हड्ताल फिर्ता

पेट्रोलियम ट्याङ्कर चालक संघको हड्ताल फिर्ता


काठमाडौं । विभिन्न सातबुँदे माग राखेर हड्तालमा उत्रेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले आन्दोलन फिर्ता लिएको छ । सरकारसँग सोमबार चारबुँदे सहमति भएपछि संघले आन्दोलन फिर्ता लिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच भएको वार्तामा चारबुँदे सहमति भएको छ । सहमतिपत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र संघका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गरेका छन् । सहमतिपश्चात् बजारमा इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमले जनाएको छ । संघले राखेको सातबुँदे मागलगायत यस क्षेत्रमा देखापरेका समस्याको समाधान गर्ने गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न निगमका नायव कार्यकारी निर्देशकको संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघको प्रतिनिधित्व हुने गरी एक उपसमिति गठन गर्ने सहमति भएको छ ।

यसैगरी निगमले व्यवसायीहरूलाई दिँदै आएको पारिश्रमिक र सुविधा ट्याङ्कर चालक÷सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकलाई उपलब्ध गराउने प्रतिबद्धता व्यवसायीले गर्ने, हाललाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने र उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको सहज ढुवानी गर्ने सहमति भएको हो । विद्यमान कानुनी व्यवस्थाहरूको पालना सम्बन्धमा नियमित अनुगमन गर्ने विषयमा पनि दुई पक्ष सहमत भएका छन् । संघले विभिन्न सातबुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हड्ताल गरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोलपम्पहरूमा डिजेल तथा पेट्रोल अभाव देखिएको थियो ।

इन्धन सहज आपूर्ति रोकिएसँगै पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लागेको थियो । आवश्यक सेवा सञ्चालन ऐन २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हड्ताल गर्न बर्जित छ तर चालकहरू विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x