देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनु जरुरी छ: नेता बिजुक्छेँ
भक्तपुर । कानुन अध्ययन समाजले भक्तपुरमा मंगलबार आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशका प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयताका विषयमा बुझाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले तीनवटै तहका १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीति र सङ्घीयताको विषयलाई बुझेकाले सो सम्बन्धमा सबै नागरिकलाई बुझाउनुपर्ने खाँचो औँल्याए । राजनीतिक कार्यकर्ता र संसद् सदस्यले पेन्सन लिन नहुने उल्लेख गर्दै उनले संसद् सदस्यहरुले ठेक्का–पट्टाको काममा हात हाल्न नहुने धारणा व्यक्त गरे ।
नेता बिजुक्छेँले भने, “संसद् सदस्य ठेक्का–पट्टा र विकास भन्दै हिँड्ने होइन, उनीहरुले त नीति बनाउनुपर्ने हो । नीति बनाउनुपर्ने मान्छेले विकास निर्माण गरेकै कारण सङ्घीयताको कार्यान्वयनमा समस्या आएको हो ।”
देशका लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता रहेको भन्दै उनले हरेक कुरालाई आलोचनात्मक रुपमा हेर्न र सभ्यतादेखिकै इतिहासको अध्ययन गर्न युवा पुस्ताको ध्यानाकर्षण गरे ।
समाजका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधान मस्यौदाका क्रममा स्वायतता र विकेन्द्रीकरणमा जोड दिएको स्मरण गर्दै संवैधानिक रूपमा प्राप्त स्थानीय तहको अधिकार क्रमशः खोसिने क्रममा रहेको भनी चिन्ता व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
- झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा
- नारायणगढ–मुग्लिन सडकखण्ड रातिको समयमा बन्द हुने
- अर्थतन्त्रलाई लायमान बनाउन पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण छ: कार्यवाहक प्रधानमन्त्री
- उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह
- ‘निर्माण व्यवसायीको ४५ अर्ब भुक्तानी गर’
- मानवता इतिहासकै कठिन मोडमा रहेकाले विश्व एकता आवश्यक छ: परराष्ट्रमन्त्री
- सुस्तामा एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया