Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारमधेश प्रदेशसवारी दुर्घटनामा तीन जनाको मृत्यु, दर्जनौँ घाइते

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, दर्जनौँ घाइते


बरहथवा (सर्लाही) । पूर्वपश्चिम राजमार्ग, बागमती नगरपालिकास्थित रायमाझी चोकमा रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको यात्रुबस बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले उनीहरुलाई घटनालगत्तै उद्धार गरी हरिवनस्थित नमूना अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x