Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालय अन्यत्र सार्ने तयारी, सेवाग्राहीको विरोध

ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालय अन्यत्र सार्ने तयारी, सेवाग्राहीको विरोध


काठमाडौं । काठमाडौंको ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालय अन्यत्र सार्ने निर्णय प्रदेश सरकारले गरेपछि यसको विरोधमा सेवाग्राही उत्रिएका छन् । हालको अवस्थामा काठमाडौंको बालाजुदेखि महाराजगञ्जसम्मका सेवाग्राहीहरुको लागि यो ठाउँ निकै उपयुक्त भएको भन्दै यो ठाउँबाट कार्यालय अन्यत्र सार्दा सेवाग्राहीलाई मर्का पर्ने र ठाउँ पनि अपायक हुने भन्दै सेवाग्राहीहरुले यसको विरोध गरेका हुन् ।

सरकारले सेवा दिने भनेको आम नागरिकको लागि हो, तर सरकारले सेवा दिने नाउँमा आम नागरिकसेवाग्राहीहरुलाई थप पीडा हुनेगरी दिने सेवाले जनतालाई सास्ती मात्र हुने सर्वसाधारणको भनाइ छ । ‘यहीकारण पनि हाल काठमाडौंको ठूलो भर्याङमा रहेको यातायात व्यवस्था कार्यालय कुनै पनि हालतमा अन्यत्र सार्नु हुँदैन, सार्न दिनु पनि हुँदैन’, नाम उल्लेख नगर्ने सर्तमा एकजना सेवाग्राहीले भने । अहिले काठमाडौं उपत्यकामा चारवटा यातायात कार्यालय छन् । जसमध्ये कलंकीदेखि सातदोबाटोसम्म दक्षिण भेगका सेवाग्राहीहरुका लागि ललितपुरको एकान्तकुनामा यातायात व्यवस्था कार्यालय छ । यसैगरी सातदोबादोदेखि गौशालासम्म अर्थात् पूर्वीभेगका सेवाग्राहीहरुको लागि भक्तपुरको राधेराधेमा, काठमाडौंको गौशालादेखि बालाजुसम्म उत्तरी भेगका सेवाग्राहीहरुका लागि काठमाडौंको चावहिलमा र पश्चिम भेगका सेवाग्राहीहरुको लागि काठमाडौंको ठूलो भर्याङमा यातायात व्यवस्था कार्यालय सञ्चालन गरिएको छ । तर, अहिले बागमती प्रदेश सरकारले ठूलो भर्याङमा रहेको कार्यालय अन्यत्र सार्ने तयारी गरेको छ ।

विगतमा सरकारले निकै नै वैज्ञानिकरुपमा सोचविचार गरेर उपत्यकाका चारै भेगका सेवाग्राहीहरुलाई पायक पर्नेगरी यातायात व्यवस्था कार्यालय सञ्चालनमा ल्याएको हो, तर अहिले बागमती प्रदेश सरकारले केही सीमित व्यक्तिहरुको स्वार्थबाट प्रेरित भएर कुनै वैज्ञानिक आधारविना हचुवाकै भरमा ठूलो भर्याङको यातायात कार्यालय अन्यत्र सार्ने निर्णय गरेको छ ।सेवाग्राहीले कार्यलय सार्ने निर्णय हुनु सेवा प्रवाहमा सरकारको चरम लापरबाही र बेवास्ता भएको बताएका छन् ।

कुनै पनि ठोस आधारविना नै बालाजु र तीनकुनेमा यातायात व्यवस्था कार्यालय थप गर्न खोज्नु नीतिगत भ्रष्टाचारबाहेक अरु केही नभएको सेवाग्राहीहरुको आरोप छ ।

‘काठमाडौंको ठूलो भर्याङबाट बालाजुसम्मको दुरी तीन किलोमिटरको हाराहारी छ भने बालाजुदेखि चावहिलसम्मको दुरी झण्डै चार किलोमिटरछ । यसैगरी चावहिलबाट काठमाडौंको तीनकुनेसम्मको दुरी पनि झण्डै चार किलोमिटर हाराहारीछ । यसरी तीन चार किलोमिटरकै दुरीमा यातायात व्यवस्था कार्यालय राख्दा राज्यलाई थप आर्थिक भार पर्छ, आजको दिनमा कुनै पनि तह र तप्काबाट राज्यलाई आर्थिक भार पार्ने काम गरिन्छ भने, त्यो नीतिगत भ्रष्टाचार हो, यी र यस्ता कार्यहरुको विरुद्ध जनता सडकमा उत्रिनै पर्छ’, सेवाग्राहीहरु भन्छन् ।

पछिल्लो समय उपत्यकाका सबैजसो यातायात कार्यालयहरुमा सेवाग्राहीहरुको चाप घटेको छ ।यातायात कार्यालय एकान्तकुनाको प्रतिदिन सेवाग्राहीको क्षमता १२ सयको हाराहारीमा भएपनि अहिले दुई सयदेखि तीन सयको हाराहारीमा मात्र सेवाग्राही आउने गरेका छन् ।यसैगरी यातायात कार्यालय चावहिलको दैनिक सेवाग्राही क्षमता एक हजार भएपनि झण्डै तीन सयको हाराहारीमा सेवाग्राही आउनेगरेका छन् भने यातायात व्यवस्था कार्यालय राधेराधेको दैनिक सेवाग्राही क्षमता एक हजार भएपनि दैनिक दुई सय ५० को हाराहारीमा मात्र सेवाग्राही आउनेगरेका छन् । यो अवस्थामा काठमाडौंको ठूलो भर्याङस्थित यातायात कार्यालयको दैनिक सेवाग्राहीको संख्या एक हजार छ सयको हाराहारीमा रहेकोमादैनिक झण्डै तीन सयको हाराहारीमा मात्रसेवाग्राहीहरु आउनेगरेका छन् ।

अर्थतन्त्र कमजोर भएकै कारण दैनिकरुपमा क्षमताभन्दा निकै कम सेवाग्राही आइरहेको अवस्थामा फेरि अर्को यातायात कार्यालय थप्नु, यथास्थानमा रहेको कार्यालयलाई अन्यत्र सार्नु भनेको ‘कामकुरो एकातिर कुम्लोबोकी ठिमीतिर’ भनेजस्तै भएको भन्दै सेवाग्राहीले यसलाई जुनसुकै हालतमा पुनर्विचार गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x