Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन देशबाट समस्यामा परेका चार सय नेपाली स्वदेश फर्किए

तीन देशबाट समस्यामा परेका चार सय नेपाली स्वदेश फर्किए


काठमाडौं,असार ५

ओमान, कुवेत र मलेसियाका गरी चार सय १२ जना समस्यामा परेका नेपालीलाई बिहीबार उद्धार गरिएको छ । विदेशमा समस्यमा परेका नेपालीहरु उद्धार गर्ने क्रममा ओमानमा रहेको एक सय ४५ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन् । ३७ जना महिला र एक सय १० जना पुरुषलाई दोस्रो चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

ओमानका लागि नेपालका राजदूत सर्मिला पराजुलीले सलाम एअरको ओभी ४२७ को दोस्रो चार्टर्ड विमानमार्फत नेपालीहरुलाई स्वदेश फर्काएको बताइन् । ‘यसअघि गत सोमबार एक सय ६६ जना नेपाली स्वदेश फर्किएका थिए’, उनले भनिन्, ‘हालसम्म तीन सय ११ जना स्वदेश फर्किएका छन् ।’ उडान सुरु हुनुपूर्व यात्रामा संलग्न सम्पूर्ण यात्रु तथा चालक दलका सदस्यहरुको कोभिड–१९ को पीसीआर स्वाब परीक्षणको नतिजा नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ । दूतावासको सक्रियतामा चार्टर्ड उडानमार्फत सुलभ दरमा स्वदेश फर्किने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै उनीहरुले राजदूत पराजुली तथा दूतावासको कार्यप्रति प्रशंसा गरेका थिए ।

त्यसैगरी कुवेतले पनि त्यहाँ रहेका नेपाली फर्काउने क्रमलाई निरन्तरता दिँदै बिहीबार नै एक सय ५० जना नेपाली नागरिक काठमाडौं ल्याएको छ । स्वदेश फिर्ता हुने एक सय ५० जना महिला कामदार रहेका छन् भने उनीहरु आममाफीमा सहभागीहरु हुन् । जजिरा एयरको उडान नम्बर जे ९१५४९ बाट उनीहरु काठमाडौं आएका हुन् । कुवेतबाट यसअघि चारवटा उडानमार्फत पाँच सय १८ जना नेपालीलाई काठमाडौं ल्याइएको थियो । त्यहाँको सरकारले कुवेतमा आममाफीमा सहभागीलाई नेपालीलाई काठमाडौं ल्याउने क्रमलाई निरन्तरता दिँदै आएको छ । यस्तै मलेसियाबाट पनि १२ जना महिला र एक सय पाँच जना पुरुष गरी एक सय १७ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार हिमालय एयारलायन्समार्फत उनीहरु काठमाडौं आएका हुन् ।

विदेशस्थित नियोगहरुले कोभिड १९ का कारण असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७ मा तोकिएको प्रावधानअनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजनाअनुरुप नागरिकहरु स्वदेश ल्याएको पाइन्छ ।

यात्रुहरुको यात्रा सहजीकरणको लागि ओमानस्थित दूतावासका द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी कृष्णा कुमारी गौली, सहचारी अनिल राणालगायत कूटनीतिक तथा स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका अध्यक्ष, सदस्यहरूलगायत नेपाली राजदूतावास, मस्कट ‘कोभिड १९ व्यवस्थापन’ स्वयंसेवी सदस्यहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x