Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रतिनिधिसभाबाट बजेट पारित

प्रतिनिधिसभाबाट बजेट पारित


काठमाडौँ,  आगामी आर्थिक वर्ष २०८१/८२को बजेट प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको मंगलारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको हो ।बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । बहुमत सदस्यले सहमति जनाएपछि रानाले विधेयक बहुमतले पारित भएको घोषणा गरेकी थिइन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८१को दफावार छलफलमा केही सांसदहरुले खर्च कटौतीका प्रस्ताव राखेका थिए । ३१ जना संसद्ले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखेका थिए । जुन प्रस्ताव बहुमतले स्वीकृत भएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले पनि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । जेठ २९ गतेदेखि प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत, कार्यालय र निकायहरुको बजेटमाथि छलफल चलेको थियो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x