Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी सरकारको मुद्दामा संविधानको अपव्याख्या

कोशी सरकारको मुद्दामा संविधानको अपव्याख्या


काठमाडौं, संविधानको धारा १६८ को उपधारा (५) अनुसार गठन भएको कोशी सरकार अपदस्त गरी सत्ता गठबन्धनले सोही धाराअनुसार फेरि अर्को सरकार गठन गरेको संविधानविपरीतको कार्यविरुद्ध अपदस्त मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अपदस्त मुख्यमन्त्री कार्कीको माग अस्वीकार गरी उक्त रिट खारेज गरिदिएको हो ।

कोशी प्रदेशमा तत्कालीन मुख्यमन्त्री कार्कीले सांसदको हैसियतले सांसदहरुको बहुमत जुटाएर मुख्यमन्त्री पदको लागि बहुमत पु¥याएका थिए । उनी संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । सो धाराअनुसार एक सांसदले अरु बहुमत सांसदहरुको समर्थन जुटाएर सरकार गठन गर्ने प्रावधान छ । संविधानअनुसार सरकार गठन गर्ने यो अन्तिम विकल्प हो । यो विकल्प असफल हुँदा अर्को सरकार गठन गर्नको लागि कुनै विकल्प बाँकी रहँदैन । अर्को सरकार गठन गर्न स्वतः मध्यावधिमा जानुपर्ने हुन्छ ।

कांग्रेससँगको सत्ता गठबन्धन अन्त्य गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग नयाँ गठबन्धन गरेपिछ नयाँ गठबन्धनले संविधानको धार १६८ को उपधारा ५ अनुसार गठबन्धन भएको केदार कार्कीको सरकारलाई अपदस्त गरी सोही धाराअनुसार एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको थियो । संविधाको धारा र मर्मविपरीत सत्ता गठबन्धनले आफूलाई अपदस्त गरेको आरोप लगाउँदै अपदस्त मुख्यमन्त्री कार्कीले जबर्जस्ती मुख्यमन्त्री भएको हिक्मतकुमार कार्की सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट मंगलबार खारेज भएपछि संविधानको अक्षर र मर्मभन्दा बाहिर गएको आरोप लागेको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x