Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकलङ्की ट्रेड सेन्टरको नाममा १३ करोड रुपैयाँ भन्दा बढी ठगी

कलङ्की ट्रेड सेन्टरको नाममा १३ करोड रुपैयाँ भन्दा बढी ठगी

पक्राउ परेका ६ जना मध्ये बज्राचार्य बैंकर


कलङ्की ट्रेड सेन्टरको नाममा १३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ परेको छ । प्रहरी परिसर काठमाडौंका अनुसार कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट १३ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा उक्त सेन्टरका छ जना सञ्चालकहरू पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने ६८ वर्षीय नरेन्द्र बज्राचार्य, काठमाडौं महानगरपालिका–१६ बस्ने ५१ वर्षीय राजु महर्जन, ललितपुर महानगरपालिका–१० कुपण्डोल बस्ने ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानसेन नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–१३ बस्ने ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ, कास्की रूपा गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने ५९ वर्षीय चिरञ्जिवी पौडेल र स्याङ्जा वालिङ नगरपालिका–११ घर भई काठमाडौं टोखा नगरपालिका–७ बस्ने ६१ वर्षीय शान्ति रमण पंगेनी छन् ।

काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित कलङ्की डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका सञ्चालक समितिका अध्यक्ष नरेन्द्र समेतले कंलकी ट्रेड सेन्टरका व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने भनी विश्वास दिलाई पीडितहरूबाट उक्त रकम लिई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
सेन्टरको व्यापारिक सटरहरूको स्वामित्व हस्तान्तरण गर्ने विश्वास दिलाएर रकम ठगी गरेको भन्दै डा. विमला भण्डारीले जाहेरी दिएपछि जिल्ला अदालत काठमाडौंले महर्जनसहित छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पुर्जीका आधारमा शनिबार ती व्यक्तिहरूलाई पक्राउ गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रवक्ता अधिकारीका अनुसार कलङ्की डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ती व्यक्तिहरूले सर्वसाधारणबाट रकम उठाएका थिए । उनीहरूले टे«ड सेन्टरमा व्यापारिक सटर उपलब्ध गराउने भन्दै विभिन्न व्यक्तिहरूबाट १३ करोड ७३ लाख ५२ हजार दुई सय ५६ रुपैयाँ ठगी गरेको आरोप रहेको छ । पक्राउ परेका सबै व्यक्तिहरूलाई मंगलबार मात्र सार्वजनिक गरेको प्रहरीले सोही दिन अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा ती व्यक्तिहरूउपर अनुसन्धानको लागि अदालतबाट तीन दिनको लागि म्याद थप भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

कलङ्की ट्रेड सेन्टर नामको व्यापारिक भवनको सटर वितरण प्रकरणमा पक्राउ परेका नरेन्द्र बज्राचार्य प्राइम कमर्सियल बैंकका बहालवाला सञ्चालक हुन् । प्राइम कमर्सियल बैंकका पूर्वअध्यक्ष समेत रहेका सञ्चालक बज्राचार्य काठमाडौं महानगरपालिका–२२ न्यूरोडस्थित कलङ्की डेभलपर्स र मिला ल्याड डेभलपमेन्ट प्रालिका अध्यक्ष हुन् ।  बज्राचार्य होटल बज्र, काठमाडौंको डिल्लीबजारमा रहेको होटल व्यवस्थापनसम्बन्धी कलेजमा संलग्न रहेका छन् । होटल एसोसियसन अफ नेपालको पूर्वअध्यक्ष समेत रहेका बज्राचार्य एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठानहरूमा आबद्ध छन् । कलङ्की टे«ड सेन्टरको नाममा खरिद गरेको जग्गामा पहिलादेखि नै विवाद थियो । बज्राचार्यसहित वास्तु परामर्श नेपालका आर्किटेक्चर राजेश श्रेष्ठ पनि पक्राउ परेपछि उक्त जग्गा प्रकरण र व्यापारिक भवन निर्माणसम्बन्धी विवाद झन् सतहमा आएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x