Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगश्रमद्वन्द्वग्रस्त मुलुक इजरायलमा आठ सय नेपाली पठाउने श्रम मन्त्रालयको अपरिपक्व निर्णय

द्वन्द्वग्रस्त मुलुक इजरायलमा आठ सय नेपाली पठाउने श्रम मन्त्रालयको अपरिपक्व निर्णय


इजरायल–हमास द्वन्द्वका कारण मंगलबार मात्र २४ जना प्यालेसटाइनीको मृत्यु भएको छ । मंगलबार इजरायलले गाँजा क्षेत्रमा गरेको आक्रमणमा परी हमास नेता इस्माइल हानियासहित २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यो घटनाले इजरायल क्षेत्रमा अझै पनि द्वन्द्व छ र त्यहाँ काम गर्न जान जोखिम छ । तर, नेपाल सरकारले भने इजारायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि नेपाली युवासँग आवेदन माग गरेको छ । श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले मंगलबार नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुरूप इजारयलका दीर्घकालीन स्यहार केन्द्रमा (बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिहरूको स्याहारका लागि) सहायक कामदारको रूपमा काम गर्न इच्छुकसँग आवेदन माग गरेको छ ।

विभागले पाँच सय जना मुख्य उम्मेदवार र तीन सय जना वैकल्पिक उम्मेदावर सहित कुल आठ सय जना माग गरेको छ । कुल मागमा महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत समावेश गरिने छ । मासिक तलब पाँच हजार आठ सय ८० इजरायली मुद्रा हुने र हप्ताको छ दिन काम गर्नु पर्ने र प्रति हप्ता अतिरिक्त समय बाहेक ४२ घण्टा काम गर्नुपर्ने बताइएको छ । खानाको व्यवस्थापन भने स्वयं कामदारले व्यहोर्नुपर्ने र बस्ने सुविधाको हकमा रोजगारदाताले आवासको प्रबन्ध गर्ने र सोको खर्च कामदारले व्यहोर्ने उल्लेख गििरएको छ । एक वर्ष करार अवधिको लागि इजारयल जाने सक्ने भए पनि करार अवधि थप गरिएमा अधिकतम पाँच वर्षसम्म बस्न पाउने व्यवस्था सहित विभागले आवेदन माग गरेको हो । सरकार तथा विभागको उक्त निर्णय भने अपरिपक्व भएको सरोकारावालाहरू बताउछन् । द्वन्द्वग्रस्त मुलुकमा नेपाली युवाहरूलाई पठाउनको लागि आवेदन माग गर्नु सरकार तथा विभागको अपरिपक्व निर्णय गरेको छ ।

द्वन्द्वका कारण इजारयलमा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनुपर्ने अवस्थमा सरकारले पठाउने तयारी गर्न उपयुक्त देखिदैन । मुलुकमा रोजगारी नभएको भन्दै विभागले इजरयाल पठाउने तयारी गरे पनि त्यसको विकल्प सोच्नु पर्ने देखिन्छ । विज्ञहरूका अनुसार मुलुकमा रोजगारी नभएको अवस्था र वैदेशिक रोजगारीमा पठाउनु पर्ने अवस्था विगत देखि रहेको तर विदेश पठाउँदा सुरक्षित गन्तव्यस्थान अर्थात् मुलुक पठाउन सरकारको दायित्व हुने हुदाँ त्यसतर्फ ध्यान दिनु आवश्यक छ । माग अन्य मुलुकमा पनि रहेको छ तर द्वन्द्वग्रस्त मुलुक इजरायल पठाउने भन्दा पनि बन्द गर्दा उचित हुने उनीहरूको  भनाइ छ । विभागले कक्षा १० उत्तिर्ण भई स्वास्थ्य सम्वन्धी ‘अनमी वा सिएमए’ सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको आवेदक हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै उमेरको हदमा भने २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका कम्तीमा एक दशमलव पाँच मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल भएको बताइएको छ । प्रवेशाज्ञाको लागि प्रक्रिया प्रारम्भ गर्दाको मितिमा आवेदकको पासपोर्ट म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहनुपर्नेछ, विगतमा इजरायल गएर काम नगरेको हुनुपर्ने, बाबु आमा, पति पत्नी छोरा छोरी इराजलमा बसोबास नगरेको वा कर्यरत नभएकोले आवेदन दिन पाउने विभागले व्यवस्था गरेवको छ । इजारयल जान चाहनेका लागि अभिमूखीकरण तािलम, स्वास्थ्य बीमा आवश्यक रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार, श्रम
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x