Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगोसाइँकुण्डमा बन्ने भयो स्केटपार्क

गोसाइँकुण्डमा बन्ने भयो स्केटपार्क


काठमाडौं । रसुवा जिल्ला गोसाइँकुन्ड गाउँपालिका वडा नं ६ रेडपाण्डा पार्कमा दुई रोपनी जग्गामा स्केटपार्क निर्माण हुने भएको छ । स्केटिङ तथा स्केट बोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले गोसाइँकुन्ड गाउँपालिकामा पर्यटन प्रवर्द्धन गरी गोसाइँकुण्डलाई विश्वमाझ पुर्याउन सकिने भएकाले केही मात्रामा रकम विनियोजन गरी सुरुवात गरिने बताए र वडाध्यक्ष दावा सिदार वाइबाले स्केटिङ साहसिक खेल पर्यटनको प्रचुर सम्भावना भएको खेल हो ।

यस खेललाई सरकारले थप हौसला र सहयोग गर्दै जाँदा राष्ट्रलाई नै खेलबाट टेवा पुग्ने भएकाले यस वडामा स्केटिङ खेललाई वडास्तरबाट नै विकास गर्दै जानुपर्नेमा जोड दिए । रसुवा जिल्लालाई खेलमार्फत विश्वमाझ गोसाइँकुण्डलाई चिनाउन सहयोग मिल्ने बागमती प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष ई.प्रकाश श्रेष्ठले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x