Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशगण्डकीका सभामुख धितालद्वारा सर्वोच्च अदालतको अवज्ञा !

गण्डकीका सभामुख धितालद्वारा सर्वोच्च अदालतको अवज्ञा !


पोखरा,गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको आदेशका अवज्ञा गरेका छन् । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यही असार १० गते देवकोटालाई पदवाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । गत जेठ ३२ गतेको बैठकमा सभामुख धितालले सांसद देवकोटाले दल त्याग गरेको सूचना वाचन गरेका थिए । र त्यसपछि देवकोटा पदमुक्त भएका थिए । त्यसपछि उनी न्यायका लागि सर्वोच्च अदालत गएका थिए ।

उनको सोही रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर उनलाई पदाट नहटाउन भनेको हो । सर्वोच्च अदालतको उक्त आदेश गण्डकी प्रदेश सभामा पुगिसकेको छ तर संसदलाई उपयोग गर्ने नीति लिएको नेकपा माओवादी केन्द्रका टिकटबाट निर्वाचित सभामुख धितालले सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेर विहीबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा प्रवेश गर्न लाग्दा मर्यादापालक लगाएर देवकोटालाई रोकेका हुन । उनी अहिले गण्डकी प्रदेश सरकारलको उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री रहेका छन् ।

सांसद नै नरहेपनि छ महिना मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छ र त्यही अनुसार नि उनले निर्वाध संसदमा प्रवेश गर्न पाउनुपर्ने हो,त्यसमाथि पनि सर्वोच्च अदालतले उनलाई सांसदबाट नहटाउन दिएको आदेश प्रदेश सभामा पठाइसकेको अवस्थामा मर्यादा पालक लगाएर उनलाई संसद बैठकमा प्रवेश गर्न रोक लागाइनु सभामुुख धितालले अदालतको अवज्ञा वाहेक केही गरेका होइनन् ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x