Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा

कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा


डुम्रे (तनहुँ) तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो भागका निर्माण भइरहेको छ भने नदीसँग जोडिएका कार्य पूर्ण रूपमा सकिएको छ।

नदीमा पानीको सतह बढेर आए पनि काम गर्न सकिने कालीगण्डकी नदी मोटरेबल पुल पुट्टारघाट (तनहुँ–पाल्पा) उपभोक्ता समिति अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । हालसम्म ९० प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

नदीसँग जोडिएको संरचनाका काम सकिएको, सडकसँग पुल जोड्ने, रेलिङ हाल्ने र अन्तिम चरणको काम बाँकी रहेको उनले बताए । बाँकी भएका काम तीव्रगतिमा भइरहेको उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २०७३ सालमा बजेट प्राप्त भएपछि कालीगण्डकी नदीमाथि पुल निर्माण थालिएको हो । पुल निर्माणले अब स्याङ्जाको घुमाउरो बाटोबाट पाल्पा पुग्नुपर्ने बाध्यता हट्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । अध्यक्ष सिग्देलले यहाँ बनेको मोटरेबल पुलले तराई र पहाडतर्फ जान सहज हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

धेरैले पढेको

0
Would love your thoughts, please comment.x
()
x