उद्यमीसँग पूरै रकम नउठाउन कुलमानको नौटङ्की !
विभिन्न ६१ वटा उद्योगले लिएको ‘डेडिकेटेड फिडर’ तथा ‘टं«क लाइन’बापतको २७ अर्ब रुपैयाँभन्दा बढीको बक्यौता विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै सेटिङका कारण नउठ्ने भएको छ । प्राधिकरणले ती उद्योगसँग २७ अर्ब ५८ करोडभन्दा बढी महसुल उठ्न बाँकी रहेको जनाउँदै आएको थियो तर उद्योगीहरूले टीओडी बिलको विवरण मागेर महसुल तिर्न आनाकानी गर्दै आएका थिए । उक्त विवाद समाधानको उपाय निकाल्न सरकारले गत पुसमा पूर्वन्यायाधीश गिरिश्चन्द्र लालको संयोजकत्वमा न्यायिक छानबिन आयोग गठन गरेको थियो । उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनी मन्त्रिपरिषद्को गत वैशाख २७ गतेको बैठकले निर्णय गरेको थियो । उक्त निर्णयअनुसार कार्यकारी निर्देशक घिसिङलाई अप्ठ्यारो पर्ने भएपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालले मन्त्रिपरिषद्को सक्कली निर्णय हटाएर ऊर्जा मन्त्रालयमा किर्ते निर्णय ‘रिप्लेस’ गराएका थिए ।
मन्त्रिपरिषद्को सक्कली निर्णय कार्यान्वयन गर्न तोक आदेश गरेका ऊर्जा सचिव सुशील तिवारीले पनि किर्ते निर्णय कार्यान्वयन गर्न तोक आदेश गरेका थिए । किर्ते निर्णयका यी दुई पात्रमध्ये मुख्यसचिव अर्याल निलम्बनमा परेका छन् भने ऊर्जासचिव तिवारीले बुधबारदेखि अनिवार्य अवकाश पाएका छन् तर प्राधिकरणका कार्यकारी निर्देशक घिसिङचाहिँ चोखै छन् । उनले २७ अर्बभन्दा बढी महसुल उठाउन बाँकी रहेको दाबी गर्दै आए पनि पछिल्लो समय व्यापारीहरूलाई छ अर्ब ६० करोड रुपैयाँ बक्यौता तिर्न पत्राचार गरेका छन् । व्यापारीहरूले सो रकम पनि नतिर्ने अडान लिइरहेका छन् । प्रचण्ड र कुलमानले दुनो सोभm्याएको आशंका गर्दै एमाले अध्यक्ष केपी ओलीले व्यापारीलाई महसुल नतिर्न उचाल्ने काम गरिरहेका छन् ।
डेडिकेटेड फिडर तथा टं«क लाइनबापतको बिजुली महसुल उठाउने सुरुदेखिको छानबिन र अहिलेसम्मको गतिविधि हेर्दा घिसिङले उद्योगीलाई पूरै महसुल मिनाहा गर्न नौटङ्की गरिरहेको प्रस्टै देखिन्छ । केही समयसम्म २७ अर्बभन्दा बढी महसुल उठ्नुपर्ने दाबी गर्ने घिसिङले छ अर्ब बुझाउन पत्राचार गर्नु र उद्योगीले आनाकानी गर्नुको पछाडि पूरै रकम मिनाहा गर्ने षड्यन्त्र रहेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया