‘नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई राजनीतिबाट मुक्त गर्नुपर्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा उनले प्रहरीले कतिपय मुद्दामा सहजरुपमा उजुरी लिन सक्ने अवस्था नभएकाले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई सङ्घीयताले छुन नसकेको उनको भनाइ थियो ।
यही असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले आगामी दिनमा विपद्बाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३औँ जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको राससलाई बताए । उनले जननेता भण्डारीले संसद्लाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्छ भोको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राखेको स्मरण गरे ।
राष्ट्रिय स्वतन्त्रत पार्टीका नेता एवं सांसद मनिष झाले सदनमा शून्य समय र विशेष समयमा प्राकृतिक प्रकोपका विषयमा नियमितरुपमा उठिरहेका विषयलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । उनले आजभन्दा ४८ वर्षअघि ल्याइएको संरक्षित क्षेत्रको अवधारणा विपरित पछिल्लो समय जोखिम आँकलन नगरी जथाभावी डोजर प्रयोग भएकाले चुरे क्षेत्रमा त्यसको गम्भीर असर परेको धारणा राखे ।
सांसद झाले चुरे तराई मधेसका लागि पानीको मुख्य स्रोत भएको र पछिल्लो समय अनावश्यक दोहनका कारण तराइमा पानीका स्रोत र संरक्षण क्षेत्र दुवै कमजोर भएका बताए । नेपाल सरकारले चुरे क्षेत्रमा वातावरण संरक्षण क्षेत्र घोषणा गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल
- पर्यटनमन्त्रीद्वारा वायुसेवा निगमको गरिमा रक्षा गर्न आग्रह
- बर्खासँगै सर्पदंशका बिरामीहरु बढ्न थाले
- प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल
- आज दिउँसो ३ बजे कांग्रेस पदाधिकारी बैठक बस्ने
- नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा रसाइली
- नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी
- टेलिकमद्वारा सैपाल हिमालको काखमा भी–स्याट प्रविधिबाट सेवा सञ्चालन
धेरैले पढेको
- हवाई माफियाद्वारा सिर्जित वाइडबडी विवाद २३० टन कि २४२ टन ?
- विद्युतीय गाडीको अर्बौँ भन्सार छली रोक्न सरकारले किन किन्दैन पाँच करोडको मेसिन ?
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया