Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशाहको बर्खास्तीसँगै बीमा कम्पनीहरूमा सीईओहरूको जागिर असुरक्षित

शाहको बर्खास्तीसँगै बीमा कम्पनीहरूमा सीईओहरूको जागिर असुरक्षित


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहको बर्खास्तीसँगै बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको जागिर असुरक्षित बनेको छ । तत्कालीन हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर प्रक्रिया सफल गराउनमा प्रमुख कार्यकारी शाहको निकै नै ठूलो योगदान थियो । सञ्चालक समितिले यो योगदानको उच्च मूल्याङ्कन गर्नुको साटो र उनलाई एक पटक स्पष्टीकरणको मौका समेत नदिई बर्खास्त गरेको घटनाले बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो जागिर असुरक्षित मानेका हुन् ।

मर्जरको नीतिअनुसार प्रखुख कार्यकारीको हकमा अर्को एक कार्यकाल थप्ने सकिने व्यवस्था भए पनि कम्पनीका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले आफ्नो स्वार्थअनुरुप नभएपछि आफूलाई बर्खास्त गरेको प्रमुख कार्यकारी शाहले बताए । अध्यक्ष श्रेष्ठको यो कार्यबाट आफूमाथि अन्याय भएको भन्दै उनले अध्यक्षको उक्त कार्यविरुद्ध बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा उजुरी दिएका छन् । सोही विषयमा प्राधिकरणले आइतबार अध्यक्ष श्रेष्ठलाई बयानको लागि बोलाएको छ । आफूमाथि अन्याय भएको र स्पष्टीकरको मौका समेत नदिई हटाएको भन्दै प्रमुख कार्यकारी शाहले प्राधिकरणमा उजुरी दिएका हुन् ।

यता कम्पनीले भने प्रमुख कार्यकारी अधिकृत शाहको बर्खास्तीको कुरालाई बङ्ग्याएर हिमालयन एभरेष्ट इन्स्योरेन्समा नेतृत्व परिवर्तन भएको भन्दै विज्ञप्ति जारी गरेको छ । कम्पनीले सञ्चालक समिति र विजयबहादुर शाहबीच आपसी सहमतिअनुसार २०८१ आसार १२ गतेको सञ्चालक समितिको निर्णयले २०८१ आसार १३ गतेदेखि लागू हुनेगरी विजयबहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । उनको नेतृत्वमा कम्पनी गैरजीवन बीमा उद्योगको इतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र उनका योगदानहरूका लागि सदैव आभारी रहने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको थियो । साथै कम्पनीले शाहको स्थानमा नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभएसम्मको लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x