Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं,  पाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिदमूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ र डिजेलमा पाँच रुपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

निगमको सूचनाअनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ । त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य एक सय ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य एक सय ५६ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टीतेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x