Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट


काठमाडौं,नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि यसको विरुद्धमा रिट दायर भएको छ । बोर्डको भावी अध्यक्षको लागि आवेदन दिएर ‘सर्टलिस्ट’मा समेत छानिएका सन्तोषनारायण श्रेष्ठले अन्तिम समयमा अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएपछि उक्त निर्णय नियमविपरीत भएको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । श्रेष्ठले रिटमार्फत धितोपत्रसम्बन्धी ऐन २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

बोर्डको अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ रहेको धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । ती पाँच जनामा सन्तोषनाराण श्रेष्ठ, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बोर्डकै निर्देशक डा. नवराज अधिकारी र नेपाल बीमा प्राधिरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ सर्टलिस्टमा परेका थिए । तर, पछिल्लो समय सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया पेचिलो बन्दा प्रक्रिया नै रद्द हुनपुगेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x