Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै


काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएका छन् । दोस्रो तहका नेताहरूबीच पटक–पटक भएको कुराकानीपछि शीर्ष तहमा सहमति जुटेको हो ।

सहमतिअनुसार सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् । स्रोतका अनुसार आज बिहान नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिनेछन् । एमालेबाट सरकारमा आठ मन्त्री छन् ।

कांग्रेस र एमालेबीच सहमति जुटाउन सक्रिय दोस्रो तहका एक नेताका अनुसार एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पनि राजीनामा आउने दुई दलको विश्वास छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x