Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसङ्खुवासभामा ४३ परिवार बाढीपहिरोबाट विस्थापित

सङ्खुवासभामा ४३ परिवार बाढीपहिरोबाट विस्थापित


किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण २० गोठ भत्किएका छन् भने ४३ परिवार विस्थापित भएका छन् । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् ।

विस्थापितहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको जानकारी दिए ।

बाढीपहिरोबाट मकालु गाउँपालिका–२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन् । बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ ।

प्रजिअ खड्काले जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको बताए । बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x