Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअल्पमतमा प्रचण्ड सरकार

अल्पमतमा प्रचण्ड सरकार


काठमाडौं, सत्ताको प्रमुख घटक नेकपा एमालेका मन्त्रीहरूले बुधबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार नै प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्र पठाउँदै सरकारलाई दिएको समर्थन बुधबारदेखि नै लागू हुनेगरी फिर्ता लिएको जानकारी गराएका थिए ।राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल भएको कारण सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई गराएका छन् ।

गत फागुनमा प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई सत्ताबाट हटाएर एमालेसँग गठबन्धन गरेर सरकार विस्तार गरेका थिए । तर, अहिले एमाले अध्यक्ष ओली आफैँ प्रधानमन्त्री बन्नका लागि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार भएका हुन् ।
प्रचण्ड सरकार ढलेपछि ओलीको नेतृत्वमा सरकार गठन हुने सम्झौता कांग्रेस र एमालेबीच भएको छ । उक्त सम्झौतालाई नेपाली कांग्रेसले बुधबार नै अनुमोदन गरेको छ । कांग्रेसको उक्त निर्णयको कारण संसद्का प्रमुख दुई दल कांग्रेस र एमालेले अब सरकार गठन गर्नेछन् । ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा अन्य दलहरूलाई पनि सहभागी गराएर राष्ट्रिय सहमतिको सरकारको मान्यता दिने प्रयास भएको छ ।

कांग्रेस र एमालेबीच अहिलेको संविधानमा रहेको निर्वाचन प्रणालीसँग सम्बन्धित केही विषयमा संशोधन गर्ने सहमति पनि भएको छ । संविधान संशोधनका लागि दुई तिहाइ मत चाहिन्छ । त्यही दुई तिहाइ पु¥याउनको लागि उनीहरूले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।संसद्मा ७८ सिट रहेको एमालेले सरकारमाथिको समर्थन फिर्ता दिएपछि ३२ सिट मात्र ल्याएका प्रधानमन्त्री दाहाल स्पष्ट अल्पमतमा परेका छन् । अल्पमतमा परिसकेपछि पनि बहुमत सिद्ध गर्न संसद्बाट विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाइलाई धेरैले राजनीतिक बेइमानीको रूपमा लिएका छन् । कांग्रेस र एमालेले भने प्रधानमन्त्री दाहाललाई राजीनामा दिन सुझाव दिइसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x