Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररक्षासचिव र अर्थका उपसचिवमाथि अमेरिका र यूकेको पीआर भएको भन्दै छानबिन

रक्षासचिव र अर्थका उपसचिवमाथि अमेरिका र यूकेको पीआर भएको भन्दै छानबिन


काठमाडौं, अर्थ मन्त्रालयका उपसचिव रामप्रसाद मैनाली र रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले यूके र अमेरिकाको पीआर लिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पीआर लिएको भन्दै परेको उजुरीको विषयमा छानबिन गर्न भन्दै सतर्कता केन्द्रलाई पत्राचार गरेसँगै केन्द्रले छानबिन सुरु गरेको हो ।

केन्द्रले दुवै सरकारी उच्च तहका कर्मचारी भएको भन्दै छानबिनलाई प्राथमिकतामा राखेर परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशहरूमा बुझ्ने कामलाई तीव्रता दिएको छ । केन्द्रले आरोपितहरूसँग समेत बयान लिने तयारी गरेको छ ।
स्रोतका अनुसार रक्षासचिव शर्माले अमेरिकाको पीआर लिएको र पीआरको विषयमा सार्वजनिकरूपमा नै प्रश्न उठ्न थालेपछि पीआर त्यागेको भन्ने गरेका छन् भने अर्थ मन्त्रालयका उपसचिव भने यस विषयमा मौन छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x